March 27, 2023

मालिका समाचार

देशकाे ऐना

कार्तिक २३र मंसिर ३मा निर्वाचन हुने।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौ सम्बादाता
राष्ट्रपति बिद्यादेवी भन्डारीले प्रतिनिधिसभा विघटन गरे लगत्तै देश मध्यावधि निर्वाचनमा जाने भएको छ।

शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बिगठन गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बिघटन गरी कार्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा निर्वाचनको मिति तोक्नुभएको हो ।

विज्ञापन

संसद भंग गरे लगत्तै र दुई चरणका लागि निर्वाचनको घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति घोषणाका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गर्नुभएको थियो ।

राष्ट्रपतिको उक्त निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोक्न सिफारिश गर्नुभएको हो । सरकारको निर्णयअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरी निर्वाचनको मिति तोक्न गरेको सिफारिशलाई राष्ट्रपतिले कार्यान्वयन गर्नुभएको हो ।