June 3, 2023

मालिका समाचार

देशकाे ऐना

दशै बिदा घटनास्थापनादेखि दिन सचिवहरुको आग्रह


असोज ,२८
कोभिड – १९ फैलिदै संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरुले सरकारलाई यस पटक घटस्थापना कार्तिक १ गते देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छ्न ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


यस्तै सरकारको नियमित दशै बिदा भने कार्तिक ११ गतेसम्म मात्र छ।प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड १९ विपत व्यवस्थापन केन्द्र , प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरुलाई संक्रमण भएपछि सचिवहरूले मन्त्रीपरिषद कार्यालय पुगेर सुझाव दिएका हुन ।


दशैमा घटनास्थापनादेखि बिदा लिने भने छलफल हुँदै छ। सुझाव मात्र आएका छ्न, कुनै निर्णय भइसकेको छैन , प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका एक अधिकारीले भने, संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ।

विज्ञापन


सरकारका प्रवक्त तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण व्यवस्थापनमा जटिल चुनौती देखापरेको बताए थिए।


उनले यसअघि नै यसपटक दशैलगायत चाडपर्व आफू रहेको स्थानमा स्वास्थ सुरक्षालाई ध्यानमा राखेर मनाउन पनि आग्रह गरिसकेका छ्न ।


संसदको शिक्षा तथा स्वास्थ समितिको असोज २६ गते बसेको बैठकमा सांसदहरूले काठमाडौको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौ प्रवेश गर्ने नाका सिल गर्नुपर्ने भनेका छ।


स्वास्थ्या मन्त्रालयले यसअघि नै सक्रिय सक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेको छ।


यस्तै सचिवहरुले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी ओलीले रुचि देखाएका छैनन्।