विज्ञापन

काठमाडौ । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।
विज्ञापन

विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको छ । परराष्ट्रमन्त्री खड्काले यसअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेर विमिस्टेक सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका छन् ।
अन्य समाचारहरु
राहादानीमा रविलाई उन्मुक्ति !
विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने- न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्छु
ल क्याम्पसमा अखिल क्रान्तिकारीका ढुंगेल विजयी