March 27, 2023

मालिका समाचार

देशकाे ऐना

भागिरथीको हत्या प्रकरणमा एक जना पक्राउ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

टीकापुर ४ फागुन
बलात्कारपछि हत्या गरेकि १७ वर्षीया किशोरी भागरथी भट्टको प्रकरणमा महेन्द्रनगरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्याक्तीलाई अनुसन्धानका लागि बैतडी लगिएको छ।

पक्राउ परेका व्याक्ती सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै रहेको ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत जनाएको छ

सो स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पुर्ब चिनजान रहेको बताएको छ। ती व्याक्ती भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।

विज्ञापन

शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको हुनसक्ने स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ।