विज्ञापन

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो। शुक्रबार साँझको समयमा हुलाकी सडकखण्डमा भएको दुर्घटनामा परि धनगढी उप–महानगरपालिकाको वडा नम्बर १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ .

अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ