पुस , १३
यार्सा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बझाङदेखि नेपालगन्ज जान लागेको समिट एयरको जहाजमा यात्रा गर्ने तयारीमा रहेका छिटुप तामाङलाई प्रहरीले १ किलो ७०५ ग्राम यार्सागुम्बा सहित प्रकाउ गरिएको हो ।
विज्ञापन

तामाङ हुम्लाको नाम्खा गाउँपालिका २ का अस्थायी बासिन्दा हुन । उनले झोलामा राखेर यार्सागुम्बा नेपालगन्ज लैजान खोज्दा नेपाल प्रहरी विमानस्थल सुरक्षागार्डले पक्राउ गरेको बझाङ प्रहरी प्रमुख डीएसपी रुपक खडकाले बताएका छ्न ।
सबैभन्दा बढी यार्सागुम्बा संकलन हुने बझाङमा यस वर्ष कोरोनाका कारण संकलनमा प्रतिबन्ध लगाइएको उनले बताए ।
विज्ञापन

तामाङलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बझाङमा बुझाइएको प्रहरीले बताएको छ ।
वन कर्यालयको अनुरोधमा उनलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको उनले बताए ।
अन्य समाचारहरु
सत्तीकी साहित्यकार ‘श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित
सर्वोच्चमा मेयर बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ
श्रद्धाञ्जली कार्यक्रम सम्पन्न