June 3, 2023

मालिका समाचार

देशकाे ऐना

राष्ट्रिय टिमका पुर्वगोलरक्षक शाहीको निधन


पुष , २७
नेपाली राष्ट्रिय फुटबल टिमका लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो ।

उनी एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए। विभिन्न स्वास्थ्य समस्यामा ग्रसित भएका शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा थिएनन्।

विज्ञापन

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्यमा पर्छन्।

उनको दैलेखमा आइतबार दाहसंस्कार गरिनेछ।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए।

त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने।

नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निक्रिय थिए।