विज्ञापन

कार्तिक ,२०
नवलपरासी (बर्दघाट ) सुस्तापुर्वमा दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत्यु अवस्थामा फेला परेका छ्न ।
नवलपुरको गैँडाकोट नगरपालिका -२ का २१ वर्यीय संगम पौडेल र उनका दाजु २६ वर्यीय विजय पौडेल बुधबार साझ मृत्युअवस्थामा फेला परेका हुन।
विज्ञापन

दुवै दाजुभाइको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट -३ जयश्री खोलाको बाँघमा फेला परेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय नवरपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहान देखि हराइरहेका थिए।
मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो।
दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा दुबै जना मृत्युअवस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।
मृत्युको कारणबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ