विज्ञापन

काठमाडौं । वैशाख ३० मा हुने निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । तीमध्ये ७२ वटा दलले ७७ जिल्लामै निर्वाचनमा सहभागी हुने गरी दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।
आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले कागजपत्र नपुगेको दल भए निर्वाचनमा भाग लिन योग्य नहुने बताएका छन् ।
“८० दल मध्ये करिब ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिनेगरी निवेदन दिनुभएको छ । त्यही आधारमा हाम्रो मतपत्र डिजाइन हुन्छ,” सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने