स्वास्थ तथा सरसफाइ

अत्यधिक चिसो बढेपछि पश्चिम नवलपरासीमा विद्यालय बन्ध

बिज्ञापन


माघ ,५

बिज्ञापन

परासीमा अत्यधिक चिसो बढेपछि पश्चिम नवलपरासीमा निजी तथा आवासीय विद्यालय तीन दिनका लागि बन्द गरिएका छ्न ।

यसरी दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुलमा समस्या पर्ने र बालबालिकालाई विद्यालय आउनजान अप्ठ्यारो हुने भएकाले आइतबारदेखि मंगलबारसम्म पठनपाठन बन्द गरिएको प्याब्सनका जिल्ला अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

यस्तैगरी मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाट टाढा गएका छैनन् ।

जिल्लामा ९६ वटा निजी विद्यालय छन् । बाक्लो हुस्सुले विद्यालय बस चलाउनसमेत जोखिम भएपछि केही दिनका लागि जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ ।

जिल्लामा सोमबार बिहान १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ

बिज्ञापन

Leave a Reply