Uncategorized

अपाङ्गता भएका युवासमूह द्वारा MCC बारे प्रेस बिज्ञापति

बिज्ञापन

एम सी सी जस्ताको तस्तै पारित नहोस् भन्दै अपाङ्गता भएका समुह द्वारा सरकारले लागु गरेको कोरोना संक्रमण न्यूनीकरण नियम पालना गर्दै प्रविधि को प्रयोगमा कार्यक्रम गरि प्रेस विज्ञाप्ति जारी गरेको हो।
प्रेस विज्ञप्तिमा ८ सुत्रमा आधारित माग रहेको छ। जस्ताको तस्तै:प्रेस विज्ञप्ति –
नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक थियो; हो र विश्वास छ भविष्यमा रहिरहनेछ। यद्यपि बेलाबेलामा शक्तिशाली मुलुकहरुद्वारा नेपाललाई आफ्नो उपनिवेशमा पार्ने प्रयासहरु न भएका भने अवश्य होईनन तर ती प्रयासहरु कहिल्यै सफल भएनन्। र हुने पनि छैन। अर्को कुरा नेपाली अपाङ्गता आन्दोलन केवल अधिकार प्राप्तिका लागि मात्रै नभएर राष्ट्रियताका लागि पनि हो भनेर चिनाउनको लागि यो बेला M.C.C. लाई जस्ताको त्यस्तै पारित नहोस् भनेर खवरदारी गर्नु सचेत युवाहरुको एक कर्तव्य समेत भएकाले हामिले यो दवाव अभियान सञ्चालन गरेका हौँ। यसमा राष्ट्रियता बाहेक अरु कुनै स्वार्थ लुकेको छैन। हामि कुनै देशका बिरुद्ध लागेका पनि होईनौ; कुनै विकास निर्माणका विरोधि पनि होईनौ। तर M.C.C. सम्झौता भित्र रहेका केहि राष्ट्रियता संग जोडिएका विषयमा आवश्यक संसोधन गरेर अगाडि बढेमा त्यो नेपाल र अमेरिका दुवै देश विचमा विश्वासको वातावरण बलियो हुन्छ कि भन्ने हाम्रो धारणा रहेको छ।
यस सम्झौतामा रहेका केही असमान तथा अहितकारी व्यवस्थाहरू निम्नानुसार छन् –
१. M.C.C. हिन्द प्रसान्त रणनीति (ips) को अङ्ग भएको र सो कुरा अमेरिकि रक्षा र परराष्ट मन्त्रालयका जिम्मेवार अधिकारिहरू द्वारा पटक पटक अभिव्यक्त गरिनु र अमेरिकाकै विभिन्न दस्तावेजहरूमा समेत ऊल्लेख हुनु ।
२. सम्झौताकोक्रममा प्रोटोकललाई वेवास्ता गरिनु-
३. नेपालको कानुन र MCC को प्रावधान बाझिएमा MCC को प्रावधान लागु हुनु र वर्तमान अमेरीकी कानुन का साथै भविष्यमा बन्ने सबै अमेरिकी कानुन मान्नै पर्ने व्यवस्था गरिनु-
४. दुई पक्षीय सम्झौता भएता पनी अमेरिकी स्वार्थलाई मात्र प्रधानता दिईनु-
५. विधुत प्रसारण लाईन निर्माणका क्रममा उपयोग गरिएको नेपालको भूमिमा अनिश्चित कालसम्म MCC को स्वामित्व रहने कुरा उल्लेख गरिनु-
६. MCC सम्झौतामा दोहोरो अर्थ लाग्ने भाषा शैलीको प्रयोग गरिनु र कतिपय प्रावधानहरू अस्पष्ट हुनु-
७. MCC को मूल सम्झौता र कार्यन्वयन सम्झौताकोबिचमा बिरोधाभास देखिनु र कार्यन्वयन सम्झौता अनुमोदनका लागी संसदमा पेस नगरिनुका साथै मूल सम्झौतालाई संसोधन गर्दा संसदको स्वीकृति आवश्यक नपर्नु-
८. यस परियोजनामा दुवै पक्षको लगानी भएता पनी वौद्धिक सम्पत्तीमा MCC को एकाधिकार कायम गरिनु जस्ता तथ्यहरूले नेपालको राष्ट्रियता, स्वाधिनता, सम्प्रभूतामा दीर्घकालीन असर पर्ने र नेपाल एक असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिक भएकोले पनी कुनै पनी शक्ती राष्ट्रको गुटमा नउभिने कुरालाई यस समूहले समेत आत्मसाथ गरेको छ।
अन्त्यमा देश विदेशमा रहनु भएका आदर्णीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूलाई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा एकाकार हुन हार्दिक अपिल गर्दछौँ।
अपाङ्गता भएका युवाहरूको समूह
संयोजक- अर्जुन रावल अभियान
मिति- २०७७-०३-१८

बिज्ञापन
बिज्ञापन

Leave a Reply