Uncategorized

आर्थिक बर्ष २०७७/७८को बजेट पेश

बिज्ञापन

जेठ १६ काठमाडौ
नेपालको आर्थिक बर्ष २०७७/७८ को बजेट १४ खर्व ७४ अर्व ६४ करोड आएको छ । स‌घीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे सयुक्त बैठकमा बजेट पेश गर्नु भएको बजेट विनियोजित मध्ये चालू तर्फ ९ खर्व ४८ अर्व ९४ करोड (६४.४ प्रतिशत), पूँजीगत तर्फ ३ खर्व ५२ अर्व ९१ करोड (२३.९ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १ खर्व ७२ अर्व ७९ करोड खर्च गरिने बजेट पेश गर्नुभएको छ ।

बिज्ञापन

स्वास्थ्य

बजेटले १ स्वास्थ्य संस्था १ चिकित्सकको व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीको ५ लाखको बिमा गर्ने भएको छ। काठमाडौमा ३०० शैया देेशभर २५० आइसीयू प्रदेश राजधानीमा ५० शैयाकोसरुवा रोग अस्पताल बनाउने । प्रदेश राजधानीमा अत्याधुनिक प्रयोगशाला । स्वास्थ्य स्वयं सेवका परिवारलाई निशुल्क उपचार यातायात खर्च दोब्बर बनाएको छ । अाउदाे वर्ष सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बिमामा समावेश गराउने गरी बजेट विनियोजन गरेको छ ।

सामाजिक सुरक्षा

सबै प्रकारका सामाजिक सुरक्षा भत्ता यथावत राखी ६७ अर्व ५० करोड बजेट विनियोजन गरेको छ । अब बिदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएर मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ । विपन्न दलित बालबालिका लागि पोषणका भत्ता ३ अर्व ७६ करोड विनियोजन गरेको छ । प्राथमिक तहका बालबालिका दिवा खाजा देशैभरका विद्यालयमा सञ्चालन गर्न ७ अर्व ५२ करोड बजेट छुट्टयाएको छ ।

कृषि तथा वन

कृषिमा ४१ अर्व ४० करोड बजेट छुट्टयाएको छ । ग्रामीण उद्यम तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषिको अधिकतम उपयोग । पूजी प्रविधि र बजारको वयवस्थापन गरिनेछ । रासायनिक मलमा अनुदान ११ अर्व दिने बजेटमा समावेश छ । हरेक स्थानीय तहमा १ कृषि १ पशु प्राविधिक राख्ने बजेट व्यवस्था गरेको छ । करार खेती चङ्कलावन्दी सहकारी खेतिलाई प्रोत्साहन उत्पादन खरिद गर्ने र शित भण्डार बनाइदिने । बाँझो नदि उकास र राजमार्ग किनारमा फलफूल खेति गर्न सामजिक संस्था र निजिलाई प्रोत्साहन दिइने । नेपाल सरकारका विकास आयोजनले वन क्षतिपूर्ति तिर्न नपर्ने तर बु६्यान र बाँजोमा वृक्षारोपण गरिने । सामुदायिक वनले साल र खयर बाहिर बेच्दा लाग्ने १५ प्रतिशत कर खारेज भएको छ ।

पर्यटन

कोरोना प्रभाव सकिए लगतै पर्यटन र होटललाई प्रोत्साहन गर्न सबै कर्मचारीलाई देश दर्शनमा पठाइने छ । १ प्रदेश १ पर्यटकीय क्षेत्र बनाउन लगानी गर्न १ अर्व २६ करोड बजेट विनियोजन गरेको छ । राज्यकोषबाट पोशाक जुत्ता पाउने कर्मचारी र सैनिकका लुगा जुत्ता बनाउन उद्योग खोलिनेछ । कैलालीको हरैयामा विशेष अार्थिक क्षेत्र र दोधारा चाँदनीमा सुख्खाबन्दरगाह बनाइन बजेट छुट्टयाएको छ ।

विद्युत पूर्वाधार

विद्युतमा १० युनिटका उपभोक्तालाई निशुल्क १५० यूनिटलाई १० प्रतिशत छुन २५० यूनिट बाल्नेलाई १५ प्रतिशत छुट । खानेपानी सिचाईँलाई छुट र निशुल्क । विद्युतमा ३६ अर्व २ करोड बजेट । आउदो वर्ष १३०० मेगावाट राष्ट्रिय प्रणालीमा जोडने । जनताको लगानीमा बझाङ सेती । लम्की बरेली अन्तरदेशीय प्रसारण लाइन बनाउने । पश्चिम सेती चिसापानी कर्णाली जलविद्युत निर्माण बनाउन अध्ययन थालिने छ । पूर्वपश्चिम राजमार्ग ४ लेनको बिस्तार गर्न १२ अर्व २१ करोड पुष्पलाल मध्यपहाडी राजमार्गका लागि ८ अर्व २७ करोड हुलाकी राजमार्ग बनाउन ७ अर्व १ करोड बजेट विनियोजन भएको छ । रेलमार्ग अध्ययन निर्माण र सञ्चालनका लागि ८ अर्व ६६ करोड विनियोजन भएको छ । खुटिया नदी नियन्त्रण गरिनेछ । खुटिया दीपायल फाष्ट ट्रयाकमा सुरुङ मार्ग बनाइनेछ ।

शिक्षा

गूरकूल मदरसा र गुम्वालाइृ अाधुनिक शिक्षामा जोडने व्यवस्था मिलाएको छ । यस वर्ष १८ सय विद्यालय बनाउने ६ हजार स्वयंसेवक शिक्षक थप्ने बजेट व्यवस्था गरेको छ। गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याइ सिकलसेल अनुसन्धान केन्द्र बनाउने भएको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गरिनेछ । ३९ बाेर्डर आउट स्थापना गरिने सबै प्रदेशमा विधिविज्ञान प्रयोगशाला बनाउन बजेट विनियोजन गरेको छ । यस अघि तलव वृद्धको माग गर्दै आएका बालविकास शिक्षक स्थानीय तहको जिम्मा दिएको छ ।

अन्य

कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने बाहेकका सबै कर्मचारीका भत्ता खारेज गरेको छ । यसअघि ६ करोड दिइदै आएको सा‌सदको निर्वाचन क्षेत्र विकास कोष ४ करोड मात्रै हुने भएको छ । खक्रौला खिमडी जल यातायात स‌भावना अध्ययन गर्ने भएको छ । आन्तरिक ऋण पूर्वाधार निर्माणमा मात्र खर्च गर्ने भएको छ ।

बिज्ञापन

Leave a Reply