Uncategorized

कक्षा १२ को परिक्षा विकल्प सहितको प्रस्ताव मन्त्रीपरिषद

बिज्ञापन


असोज ,१४
कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परिक्षा संचालनका लागि विभिन्न विकल्प सिफारिस भएता भएपनि निर्णय ढिलाई भएको छ ।


यस्तैगरी राष्ट्रिय परिक्षा बोर्डले कोरोनाका कारणले परिक्षा लिन नसक्ने स्थिति नभएकाले कुल १०० पुर्णाङक्मध्ये ४० नम्बरको अनलाइन परिक्षा , २० नम्बरको प्रयोगात्मकम र कक्षा ११को कुल प्राप्ताङक्लाई बाकी ४० नम्बरमा गणना गर्ने वा परिक्षा नलिई आन्तरिक मुल्यांकन र कक्षा ११को प्राप्ताङकलाई ५०/५०प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।


तत्काल निर्णय नभएका दशै अघि उक्त परिक्षा हुने सम्भावना कम रहेको । दशैपछी हिमाली जिल्लामा परिक्षा गराउन झन कठिन हुनेछ ।


यस्तो स्थितिमा आन्तरिक मुल्यांकन र कक्षा ११ को नतिजालाई ५०/५०प्रतिशत मानेरप्रामाणिकरण गराउने विकल्प बलियो हुन्सक्ने जनाएको छ । ४० नम्बरका लागी अनलाइन परिक्षा गराउदा खुला पुस्तक परिक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको् विश्चसनीयता र सबै स्थानमा अनलाइनको पहुँच नभएको उनले बताए ।

बिज्ञापन


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परिक्षा बोर्ड परिक्षा भएको र यसको अन्तरास्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परिक्षा गराउने पक्षमा आफुहरु रहेको केही दिनअघि बताएका थिए ।


अनलाइन परिक्षा भएमा परिक्षाका लागि समय कति , परिक्षा केन्द्र कहाँ राखने कसरी विद्यार्थीलाई पुयाउने उत्तरपुस्तिका , कसरी संकलन र मुल्यांकन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता समस्य उत्पन भएका छन ।


गत वैशाख ८ गतेदेखि तोकिएको सो परिक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो ।


परिक्षामा कुल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए ।बोर्डले यही भदौ २६ गते सुचना प्रकाशन गरि कक्षा १२ का परिक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरीसकेको छ ।


यसअघि माध्यमिक शिक्षा परिक्षा (एसइई) कक्षा १० को परिक्षा मन्त्रीपरिषदकै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मुल्यांकन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमारिकरण हुने भएको थियो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply