सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

कोरोना भाइरस रोकथाम तथा उपचारमा सरकारको ४अर्ब बढी बजेट

बिज्ञापन

काठमाडौ :सरकारले कोरोना भाइरस रोकथाम तथा उपचारमा ४ अर्ब बढी बजेट छुट्याएको छ।

बिज्ञापन

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्री बिष्णु पौडेलले मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

२६ वटा केन्द्रीय अस्पताल तथा ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि अर्थ मन्त्रालयले २अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

त्यसैगरी केन्द्रीय एबं प्रदेशिक गरी २५ वटा अस्पताललाई H.D.U स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

बिज्ञापन

Leave a Reply