Uncategorized

टीकापुरमा पनि कोभिड १९ खोप सुरु

बिज्ञापन

टीकापुर १४ माघ
बिश्वभरि त्रासमय वातावरण बनाएको कोरोना भाइरस बिरुद्धको अभियानमा पछिल्लो समय बिश्वका धेरै मुलुक हरु स्वास्थ्य सम्बन्धि खोजबिनमा लागी रहेको बेला नेपालले पनि कोभिड १९ बिरुद्ध देशका ७७ वटै जिल्ला बाट खोपको सुरुवात गरेको छ।

बिज्ञापन

प्रधानमन्त्री के पी शर्मा ओलीले बुधबार बिहान १० बजे कोभिडविरुद्धको खोप अभियानको भर्चुअल उद्घाटन गर्दै अब कोभिडको त्रास कम भएर जाने विश्वास पनि व्यक्त गरे ।

‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ ओलीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’

खोप अभियान प्रारम्भ भए पनि कोभिडविरुद्ध अपनाइएको मापदण्डहरुलाई जारी राख्नुपर्ने प्रधानमन्त्रीले बताए । मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ लगायतका कुराहरुमा पूर्ववत ध्यान दिन उनले देशवासीलाई सुझाव दिए ।

उनले भने, ‘हामी खोपमा मात्रै भर पर्ने होइन । यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ । हामीले कोभिडविरुद्धको लडाईमा अपनाएका अरु पक्षहरुमा किञ्चित लापरवाही गर्नुहुन्न । अहिलेका मापदण्डहरुलाई जारी राख्नुपर्छ ।’

कोभिडविरुद्धको खोप आइसकेपछि अब कोभिड अस्पताल निर्माणमा पहिलेजस्तो जोड दिनु नपर्ने प्रधानमन्त्रीले बताए । ‘अब कोभिड १९ अब त्यसैगरी फैलिइरहन सक्दैन । हामी सरसफाइ, खानपिन, मास्कमा सजक भएका छौं । त्यसैले आज मान्छे हिजोभन्दा बढि सतर्क छन् ।

यसै बीच टीकापुरमा समेत एक कार्यक्रमको आयोजना गरि कोभिड १९को खोप सुरुवात गरिएको छ। टीकापुर अस्पतालमा कोभिड १९ खोपको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेद्र रावलले खोपको उद्घाटन गरेकाछ्न ।
खोपको उद्घाटन गर्दै नगर प्रमुख रावलले अब टीकापुर अस्पताल बाट सरुवात गरिएको खोप टीकापुर नगरका सबै जनता माझ छिटै नै पुग्ने बिश्वास ब्याक्तगरे ।

पहिलो दिन टीकापुर अस्पतालमा कार्यरत १ सय ४४ जनालाई खोप लगाउने कार्ययोजना रहेको टीकापुर अस्पतालका अध्यक्ष दिपक रावलले बताए ।
अस्पतालमा कार्यरत डा.गौरी रिजाल लाई स्वास्थ्यकर्मी राजकुमार श्रेष्ठले पहिलो खोप लगाए र कोभिड १९ को खोप टीकापुरमा भएको हो।

खोप उद्घाटन कार्यक्रम कार्यक्रममा पुगेका राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका डाक्टर तथा बरिस्ठ स्वास्थ प्रशासक रामराज पन्थीले सरकारको योजना अनुरुप पहिलो चरणमा स्वास्थ्यकर्मी ,सरसफाइ कर्मी,एम्बुलेन्स चालक ,शव वाहन चालक ,लगायत फ्रन्ट्लाइनमा कार्यरत सबैलाई खोप लगाइने जानकारी दिए ।
टीकापुर अस्पतालमा बुधबार सुरु भएको खोप लगाउने कार्य ५दिन सम्म लगातार संचालन रहने जनाएको छ।

बिज्ञापन

Leave a Reply