राजनीति

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

बिज्ञापन


भदौ , २६
पार्टीको विवादका कारण साउन १३ गतेदेखि अनिश्चित भएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै छ ।


दुई अध्यक्ष तयार पारेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री हुने अर्को अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने , पाटी एकताको काम एक महिनाभित्र सक्ने , महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने रहेको छ ।


त्यस्तै मापदण्ड बनाएर संघीय र प्रदेश अन्तिमण्डल गर्ने सीमा समस्या कुटनीतिक संवाद गर्ने , शान्ति प्रक्रियाका बाकी काम १ वर्षभित्री सक्ने ,एमसीसी परियोजनाको सम्झौता परिमर्जनसहित पारित गर्ने , कोभिड १९ महामारी रोकथाम , नियन्त्रण उपचार आर्थिक पुनस्थान गर्ने लगायत रहेका छ ।


गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्य कार्यदलले भदौ ६ गते २ अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो ।

बिज्ञापन


विवादकै कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रस्ताव समेत पेश हुन सकेको थिएन ।
राजनीतिक प्रस्तावमा दुई अध्यक्षबीच सहमति नभएपछि स्थायी कमिटी बैठकमा छ्लफलका एजेन्डा पेश भएक थिए ।एजेन्डाका आधारमा अहिलेको राजनीति प्रतिवेदन तयार भएको हो ।


प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजे देखी बस्ने बैठकमा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुँदैछ ।


कोरोना माहामारीको प्रकोप भएकोले बैठेकलाई घेरै नलमब्याउने दुई अध्यक्षको तयारी छ ।


दुई अध्यक्षका बिचमा सहमती भैसकेको छ ।श्रोताले भनेयो , बैठक सकेसम्म १ दिनमा सकने भने नै हो । बैठक २ दिन भन्दा बढी जादैन होला ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply