Uncategorized

प्रतिबन्धित कित्ता काट फुकुवा

बिज्ञापन

काठमाडौ : सरकारले प्रतिबन्ध लगाएको सबै प्रकारका जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ। गोपाल दहितका पालामा लगाइएको प्रतिबन्ध फुकुवा गरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा गर्नुभएको हो ।
तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको छ ।

बिज्ञापन

२०७४ साल साउन २६ बाट तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहिलले कृषियोग्य भूमिको खण्डिकरण गर्नबाट रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाउनु भएको थियोे । यही भदौ १८ गते बसेको मन्त्रीस्तरीय बैठकले पुरानो निर्देशनलाई खारेज गरी सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

‘यसअघि जग्गाको कित्ता काटमा लगाएको प्रतिबन्ध फुकुवा भएको छ’ सचिव पाण्डेले संचार शीत कुरा गर्दै भने ‘नयाँ भू-उपयोग ऐन, २०७६ ले जग्गाको विशेषता र आवश्यकताका आधारमा विभिन्न प्रकारमा बर्गिकरण गरेको छ, सोही ऐनको बर्गिकरणभित्र रहेर स्थानीय तहले आ–आफ्नो मापदण्ड बनाएका छन्, सोही प्रचलित कानुनको परिधिमा बसेर कित्ताकाट खुला गर भनेर निर्णय गरेका हौं ।’

सचिव पाण्डेका अनुसार जग्गाको कित्ताकाट फुकुवा गर्नुको मतलब अन्धाधुन्ध कृषियोग्य भूमि खण्डिकरण गर्न पाउने भन्ने होइन । भूउपयोग नीति भित्र रहेर स्थानीय तहले बनाएको मापदण्डअनुसार मात्र जग्गाको कित्ताकाट गर्न पाइने छ । कृषियोग्य जमिनको अन्धा धुन्ध खण्डिकरण हुनबाट रोक्न ०७४ साउन २६ गते कित्ताकाटमा प्रतिबन्ध लगाइएको थियो ।

०७५ पुस २७ गते मन्त्री अर्यालले पहिलेको निर्णयलाई परिमार्जन गरेर जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज गर्दै व्यवस्थस्थि तगर्ने कोशिष गरेकी थिइन। त्यतिबेला उनले स्थानीय तहले ‘गैरकृषि भूमि’ भनेर प्रमाणित गरेपछि मात्र जमिनको कित्ताकाट गर्न पाइने व्यवस्था गरिन् । सरकारले कित्ताकाटमा रोक लगाएपछि सर्वसाधारण जग्गाधनी मारमा परिरहेका थिए भने टाठा बाठाले चोरबाटो प्रयोग गरेर कित्ताकाट गर्दै आइरहेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ताकाटमा प्रतिबन्ध लगाउँदा मालपोत र नापी विभागमा अनि’यमितता ज्यादै बढेको र सर्वसाधारण जग्गाधनीले हैरानी पाइरहेको ठहर गर्दै कित्ताकाट खुकुलो बनाउन भूमि व्यवस्था मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिएको थियो । अख्तियारको सुझाव लगत्तै मन्त्रालयले नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग कित्ताकाट खुला गर्ने विषयमा सुझाव मागेको थियो ।

यस्तै, मन्त्रालयभित्रका विभिन्न तह तप्कामा व्यापक छलफल गरेको थियो । सोही सुझाव र छल फलका आधारमा पुरानो निर्णयलाई खारेज गर्दै कित्ताकाट खुला गरेको सचिव पाण्डेले बताए । भूमि व्यवस्था मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई भदौ १९ गते पत्र लेखेर जग्गाको खण्डिकर सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरेको जानकारी गराएको छ ।

शाखा अधिृत लक्ष्मण बहादुर कठायत द्धारा हस्ताक्षतिर पत्रमा भनिएको छ, ‘भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा÷डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भए पछि सोका आधारमा हुने गरी हाललाई भू–उपयषेग ऐन, २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभाग मार्फत मातहतका कार्यालहरुमा निर्देशन दिने’ भनी नेपाल सरकार (मा. मन्त्रिस्तर)बाट मिति ०७७÷०५÷१८ गते निर्णय भएको व्यहोरा निर्णयाअनुसार अनुरोध छ ।’

भूमि व्यवस्थापन विभागका महानिर्देशक शेष नारायण पौडेलले अझै मन्त्रालयको पत्र आइ नसकेको बताए । उनले भने, ‘हामी सँग मन्त्रालयले सुझाव मागेको थियो, विभिन्न चरणमा छलफल पनि भएको थियो, अझै मन्त्रालयले कित्ताकाट खुला गर्ने विषयमा गरेको निर्णयलाई कार्यान्वयन गराउनका लागि पत्र पठाइसकेको छैन् ।’

बिज्ञापन

Leave a Reply