Uncategorized

बजार अनुगमनका क्रममा यस्तो भेटीयो टीकापुरमा

बिज्ञापन

टीकापुरमा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा व्यवसायहरु स्थानीय तहमा दर्ता नभएका, मूल्य सूचि नराखेको, म्याद नाघेका मालवस्तु बिक्रीका लागि राखिएको, होटल र मासु पसललले सरसफाइका सामान्य मापदण्ड पनि पालना नगरेको भेटिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले टीकापुरको बजारमा पटकपटक समय दिदा पनि व्यवसायीले पालना नगरेको पाइको बताउनुभयो । उहा“ले केहीलाई सुधारका लागि २४ घण्टे पूर्जी दिइएको र त्रिशक्ति इन्टरप्राइजेजलाई कारवाही गर्नुपरेको बताउनु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण अधिकृत विजय पराजुलीले टीकापुरका मिठाई पसलमा रङको प्रयोग भएको, काम गर्ने मानिसहरुले एप्रोन नलगाएको र ओम स्वीट हाउसमा मिठाई बनाउन राखिएका सामग्रीमा बाहिरको धुलो परेको भेटिएको बताउनुभयो ।

पशु सेवा केन्द्र टीकापुरका पशु चिकित्सक श्यामराज पाण्डेले नगरपालिकै पसलमा बसेका मासु व्यवसायीले भाडा नतिरेको र बिक्रीस्थलमा सरसफाइ नगरेकाले सात दिनभित्र गर्न निर्देशन दिइएको बताउनुभयो ।

बिज्ञापन

टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले व्यवसायीहरुले दर्ता नगरेका र गरेकाले पनि नवीकरण नगरेको पाइएकाले अब नगरपालिको बजार ब्यवस्थापन नियमावली बन्ने बित्तिकै कडाइ गरिने बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम संयोजक डाक्टर भवानसिंह चलाउनेले टीकापुर बजारमा स्वच्छता कायम गर्न उपभोक्तालाई सचेत बनाउदै, निरन्तर अनुगमनको खा“चो रहेको औल्याउनुभयो ।

अनुगमनपछि टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले सबै तहका नियामक कार्यालयहरु मिलेर काम गर्न आवश्यक रहेको र अनुगमनका क्रममा देखिएका कुराहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

अनुगमनमा कार्यपालिका सदस्य अक्कल माझी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत राजेन्द्र चन्द, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेल, नगर अध्यक्ष एकिन्द्र तिमिल्सिना, टीकापुर उद्योग वाणिज्य संघका सचिव गणेश रेग्मी लगायतको सहभागीता थियो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply