घटना समाचार

बझाङमा बलात्कारपछि मिलापत्र गराउने पक्राउ

बिज्ञापन


असोज ,२०
बझाङकी १२ वर्यीया बालिका सम्झना कामीको बलातकारपछि हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।


उनिहरुले गत साउन २९ गते १४ वर्यीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए ।

घटना बाहिर आउन नदिन उनिहरुले पीडित बालिका र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए ।


उनिहरुले मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए । राजेन्द्रले बालीकाका खुट्टामा पाँच सय रुपैया राखेर ढोगेको पनि समेत खुलेको थियो ।

बिज्ञापन


अहिले उनिहरु प्रहरी हिरासतमा छ्न । सम्झना बिकमाथी बलात्कारपछी हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो।


त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्यीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए ।


मिलापत्र गर्नेहरुमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डिएसपी रुकुम खड्काले बताए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply