घटना समाचार

बझाङ दुर्घटनामा ज्यान गुमाउने ७ जनाको सनाखत

बिज्ञापन

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ । जीप दुर्घटना मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का, वर्ष २८ की वसन्ती धामी, वर्ष ३७ का वीरेन्द्र अधिकारी र ७ महिनाकी बालिका रहेकी छन् । यस्तै कञ्चनपुरको शुक्लाफाँटा ७ का झरेन्द्र बोहराको पनि मृत्यु भएको छ । 

यस्तै दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतक तथा घाइते हुनेमा अधिकांश यात्रुहरु जिल्लाको प्रशिद्ध सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरूमा मष्टा गाउँपालिका– २ का अमृत खड्का, रोशनी धामी, सिंहवीर बुढा, राजेश रोकाया, सिर्जन सिंह,  अम्बिका सिंह, सिन्कीदेवी भण्डारी, कमला कठायत, निन्दा ओखेडा रहेका छन् । यस्तै मष्टा १ का सन्तोष सिंह, ईश्वर ओखेडा, अनिस ओखेडा, अंकित खड्का, वीरबहादुर खड्का, सिम्रन सिंह र  हेमन्ती सिंह पनि घाइते भएका छन् । 

क्षमता भन्दा धेरै यात्रुहरु बोक्दा जीप दुर्घटना हुन पुगेको जनाइएको छ । दुर्घटनामा गम्भीर ५ जना घाइतेहरूलाई नेपालगञ्ज रिफर गरेको र बाँकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

बिज्ञापन

बुधबार साँझ साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो । जीप सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

बिज्ञापन
बिज्ञापन