घटना समाचार

बसको ठक्करबाट मोटरसाइकल सवार एकको मृत्यु

बिज्ञापन


कार्तिक ,६
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकलल लाई ओभरटेक गर्ने क्रममा सुप प्रदेश ०१_००१ख ३००९ नम्बरको बसले ठक्कर दिदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छ्न।

बिज्ञापन


कैलालीको बर्दगोरिया गाउपालिका -४ निमुवाबोझीमा ठक्कर दिदा लम्की चुहा नगरपालिका ९ की ३५ वर्यीय भागरथी रेगमीको मृत्यु भएको प्रहरीले बताएको छ।


यस्तै , दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका राम प्रसाद चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएका छ्न ।


यस्तैगरी , ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय बौनियामा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्त प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।


मृत्युक रेग्मी नेपाली काङ्ग्रेसकी क्षेत्र नम्बर २ क्षेत्रिय कार्यासमिति कोषाध्यक्ष तथा महिला समाजसेवी रहेको प्रहरीले बताएको छ।

बिज्ञापन

Leave a Reply