Uncategorized

बिकास प्रेमी युवा समुह मधुवन नगर उपाध्यक्ष चन्दद्धारा बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

बिज्ञापन

फागुन ५ बर्दिया बिकास प्रेमी युवा समुह मधुवन नगर कमिटीका उपाध्यक्ष वडा नम्बर ५ का रेशम बिरही चन्दले मधुवनको वडा नम्बर ५ मा रहेको श्री बुद्ध आधारभुत बिध्यालमा अध्यनरत सम्पुर्ण बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । चन्दले आफनो जन्मदिनको अबसरमा आज बुधबारका दिन बुद्ध आधारभुत बिध्यालयमा अध्यनरत सबै बिध्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

बिध्यार्थीहरुका लागी चन्दले कापी र कलम सहयोग गर्नुभएको हो । सामाग्री सहयोग गर्न पाउदा आफुलाई निकै खुसी उहाले बताउनुभयो । बालबालीकाहरुको पढाईका निम्ती केही सहयोग पुगोस भन्ने उद्धेश्यले सहित पढ्नुपर्छ भन्ने चेतना जगाउन उक्त सामाग्री सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले अहिले हाम्रो समाजमा बिदेसी रितीरिवाज केक र मैनबत्ति बालेर मात्रै जन्मदिन मनाउने बढदै गएकाले यसको बहिष्कार गर्दै आफुले आफनो जन्मदिनको अबसरमा बिध्यार्थी भाई बहिनीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभयो ।

यस्तै उहाँले अनाबश्यक खर्च कम गरी सामाजीक कार्यमा सरीक हुनुपर्छ है भन्ने भावना जगाउन र सामाजीक कार्यमा संलग्न हुने प्रेरणा जागोस भन्ने उद्देश्यले सो सहयोग गरेको बताउनुभयो । चन्दले यस्ता सामजीक कार्यमा संलग्न हुन र बिदेसी परम्परालाई नअंगाल्न आग्रह पनि गर्नुभएको छ । उक्त सामग्री बिकास प्रेमी युवा समुह मधुवन नगर कमिटीका अध्यक्ष रामबाबु सुबेदि , पदाधिकारी याम बहादुर भण्डारी , वडा नम्बर ५ का वडा सदस्य प्रबिण बिष्ट , बिध्यालयका शिक्षकशिक्षिकाहरु तथा अभिभाबकहरुको उपस्थितीमा हस्तान्त्रण गरीएको हो । बिध्यालयमा अहिले कक्षा ५ सम्म पढाई हुने गरेको छ ।

बिध्यालयमा २ सय जनाको हाराहारीमा बिध्यार्थी भर्ना भएपनि अहिले भने १ सय ८० जना सम्म बिध्यालयमा अध्यनरत रहेका बिध्यालयका प्रधानाध्यापक पदम राज चौधरीले बताउनुभयो । उहाँले यस्ता सामाजीक कार्यहरुले बिध्यार्थीहरुमा साँच्चै नै पढन पर्छ भन्ने भावना सिर्जना गर्ने बताउनुभयो । उहाँले सहयोगी मनप्रति धन्यबाद प्रदान गर्दै आगामी दिनहरुमा पनि यस्ता समाजीक कार्यकरुको खाँचो रहेको औँल्याउनुभयो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply