Uncategorized

भन्सारमै थन्किएयो कच्चा जुट

बिज्ञापन

माघ ,२२

बिज्ञापन

भारत र बंगलादेशबाट आयात गरिएको कच्चा जुट चार दिनदेखि विराटनगर भन्सारमै थन्किएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालयले क्वारेन्टाइन परीक्षण नगरी भन्सार पास नगर्न पत्राचार गरेपछि आठ गाडी जुट भन्सारमै रोकिएक हो ।
जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार वर्षौंदेखि प्लान्ट क्वारेन्टाइन जाँचबिनै कच्चा जुट आयात भइरहेको थियो । अहिले नयाँ प्रावधान राखेर उद्योगीलाई दुःख दिने र उद्योगलाई प्रभावित गर्ने काम भएको उनले जानकारी दिए ।

यसरी जुट भन्सारमै रोकिएपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका जुट उद्योग प्रभावित भएका छन् ।

प्लान्ट क्वारेन्टाइन विराटनगरले बाली संरक्षण ऐन, २०६४ र नियमावली २०६६ अनुसार माटो, काठ र बीउबीजनलगायत प्लान्ट क्वारेन्टाइन जाँच गरेर मात्र भित्र्याउनुपर्ने प्रावधानका आधारमा पत्र पठाएको बताएको छ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश जुट उद्योग आयातित कच्चा जुटमा निर्भर छन् । ६ वटा जुट उद्योगलाई वार्षिक ८० हजार टन कच्चा जुट आवश्यक पर्छ । स्थानीय उत्पादन २० हजार टन मात्र छ । बाँकी भारत र बंगलादेशबाट आयात गरिने अध्यक्ष गोल्छाले बताए ।

सरकारले निकासीमा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको छ । चार वर्षदेखि भारतले लगाएको एन्टिडम्पिङ शुल्कका कारण निकासीमा समस्या हुँदै आएको गोल्छाले जानकारी दिए ।

भारतले नेपालबाट निकासी हुने सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा ० देखि २ प्रतिशत एन्टिडम्पिङ शुल्क लगाएको छ ।

जुट उद्योगमा १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

बिज्ञापन

Leave a Reply