घटना समाचार

मोरङको लेटाङमा आज विहानैदेखि कर्फ्यू

बिज्ञापन

मोरङ । यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

बिज्ञापन