Uncategorized

या राजनीति सन्यास लिनु पर्‍यो हैन भने चुनावमा जानु पर्‍यो :देउवा

बिज्ञापन

फागुन ८ कैलाली
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव मा जान नमान्ने राजनीति गरिराख्ने ले अब राजनीति छोडेर सन्यासलिए हुने बताउनुभएको छ ।

शुक्रवार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय भवन उद्घाटन क्रममा सभापति देउवाले चुनावको विकल्प नभएको भन्दै चुनावमा जान डराउनेले राजनीति बाट सन्यास लिए हुने बताउनुभयो ।

सभापति देउवाले विचार अभिव्यक्तिको पनि हद हुन्छ भन्दै भन्नुभयो, ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ हुनुहोदैन भन्दै भट्याउदै हिड्ने गरेकोले राजनीति गर्नेले त्यसको तयारी गर्नुपर्दैन ? चुनावाबाट भाग्ने ?’ भन्दै प्रश्न तेस्र्याउनु भयो उहाँले थप्दै भन्नुभयो, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

उहाँले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गर्नुभयो । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उहाँले भन्नुभयो, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’ उहाँले नेपालमा आफुलाइ सहज हुने गरि विभिन्न कालखण्डमा सबैले संविधान मिचेरै अगाडि बढेको भन्दै ओलीलाइमात्र गाली गर्नुको अर्थ नहुने बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply