घटना समाचार

रौतहटमा बाघको आक्रमणबाट एक युवकको मृत्यु

बिज्ञापन


असोज ,१४
रौतहटको चन्द्रपुर नगरपालिका -६चिम्मिनटोलका २७ वर्यीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। मंगलबार साथीहरुसंग घाँस काटन भनेर जंगल गएका श्रेष्ठ बेपत्ता भएका थिए ।


सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडिभीत्र जंगलमा बाघले भण्डारीको शवलाई आधा खाएको अवस्थामा बुधबार फेला पारेको उनले बताए।


बाघले गर्दा प्रविन र अशोकको दुवै कान, छाती र गालामा चोट लागेको छ।हामी रुखमा चढेर ज्यान जोगाउन सफल भयौ ; प्रविनले भने , ।


संगमलाई फेला पार्न नसकेपछि बिहान नेपाल प्रहरी , सशस्त्र प्रहरी ,सशस्त्र वनरक्षक टोली र स्थानीय गरि झाण्डै एकसयको संख्यामा खोजन जंगल गएका थिए।

बिज्ञापन


राती गाउलेमाथी आक्रमण गरेकै स्थानमा रगत फेला पारेपछि पछ्याउँदै जाने क्रममा बाघले संगमलाई घिसादै लगिरहेको थियोे ।


यस्तै सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै पिछा परेपछि घटनास्थलबाट झैण्डै एक किलोमिटर उतर लामाह खोला नजिक शव छोडेर बाघ भागेको थियो ।


बाघले उनको खुट्टा खाइसकेको थियो ।आक्रमण गर्ने पाटे बाघ रहेको प्रविनले बताए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply