घटना समाचार

सर्लाहीबाट ३०९ किलो बराबर लागु औसध बरामद

बिज्ञापन

भारतसंग सिमा जोडिएका तराई मधेशका जिल्लाहरुमा हतियार तथा लागु औषध चुनौतीको विषयले देशको सुरक्षा लाई बन्ने गरेको छ ।

बिज्ञापन

सिमा क्षेत्रका बजारहरुमा सहजै पाउन सकिने साना हतियार हरु अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाईएको छ । अबैध हतियार बोकेर नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरुको समुह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहकिा प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले स्रोतलाई जानकारी दिनुभयो । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा अपराधिक गतिबिधीहरु हुने गरेका प्रहरीले अनुमान गरेको छ ।

प्रहरी उपरिक्षक राठौरले खुल्ला सिमा भएकाले खुल्ला सिमानाको प्रयोग गरि अवैध लागु औषध सहजै नेपाली बजारमा आउने गरेको भएपनि यसलाई रोक्ने प्रयास गरि रहेको बताउनु भयो । हामीले सिमाक्षेत्रमा निकै कडाई गर्दै आएका छौँ तर पनि खुल्ला सिमाना भएकाले कतै नकतैबाट चोरबाटो हुदैँ अबैध लागु औषध,साना हातहतियार बोकेर नेपाल प्रवेश गर्ने अपराधीक समुह रहेकाले उच्च सर्तकताका साथ खटेर काम गरेका छौँ उपरिक्षक राठौरलले बताउनु भयो ।

सिमा क्षेत्रको भारतीय बजारहरुमा साना हातहतियार र अवैध लागु औषध खुलेआम बिक्रि हुने हुँदा चुनौती बढेको प्रहरी उपरिक्षक राठौरको भनाई छ । जसका कारण दुवै देशका नागरीकलाई सुरक्षा चुनौती बढेको उहाँले बताउनु भयो ।माओबादी द्धन्द्धको समयमा साना हतियारहरुका साथै अवैध लागु औषधको निकै बिगबिगी भएको थियो । त्यस बेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाई छ ।

हत्या,अपहरण,लुटपाट जस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाई छ ।सुरक्षा अधिकारीहरुकोे सिमा बैठकतथा सुरक्षा समितिको बैठकमा साना हतियार तथा अवैध लागु औषधको विषयमा कुरा उठ्ने गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललेबताउनु भयो ।

यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरु समेत सहमत हुँदै आएका छन । प्रमुख जिल्ला अधिकारी पौडेलले तराई मधेशका सबै जिल्लाहरुको सिमाना खुल्ला रहेका कारण अवैध लागु औषधको ओसार पसार गम्भिर चुनौती भएको बताउनु भयो ।खुल्ला सिमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एक अर्कालाई सहयोग गर्यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । लागु औषध र साना हतियार शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउन वा लान सकिने भएका कारण पनि त्यसबाट समस्या आएको भनाई छ ।

साना सवारी साधनको केही भागमा लुकाएर साना हातहतियार र अवैध लागु औषध ओसार पसार गर्दै आएको पाईएको र खुल्ला सिमानाका कारण जिल्लामा अबैध लागु औषध नियन्त्रण कार्य निकै चुनौती पुर्ण रहेको प्रजिअ पौडेलले बताउनु भयो । प्रजिअ पौडेल आएपछि जिल्लामा शान्ती सुरक्षाको महसुस सुरु भएको जिल्लाबासीको भनाई छ ।

सोही क्रममा केही दिन पहिला सरुवा भएर सर्लाही आउनु भएका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले आएको केही दिनमै कडा एक्सन लिनु भएको छ । जस अन्र्तगत शनिबार राती जिल्लाको पर्सा गाउँपालिका ५ डोमोवा टोलबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद् गरेको छ । छिमेकी जिल्ला सिन्धुलीका विभिन्न स्थानका साथै जिल्लाको पूर्वी ग्रामिण ईलाकाबाट जिल्लाका विभिन्न नाका हुँदै लागू औषध गाँजा भारत र भारतबाट नेपाल तर्फ अन्य लागु औषधहरु ओसारपसार हुँदै आएको भन्दै प्रहरीले जिल्लामा सुरक्षा सर्तकता अपनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौर आफैँ गस्तीमा रहेको समयमा एकान्त ठाउँमा आउँने जाने सवारी साधन तथा व्यक्तिहरुमाथी शंका लागि चेकजाँच गर्ने क्रममा ३ सय ९ किलो लागू औषध गाँजा र ना.४ ख ७७४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा ट्रकका चालक फरार भएका र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा लागू औषध गाँजाका पोकाहरु फेला परेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो ।

१५ किलोका २ पोका र ३१ किलोका ९ पोका लागु औषध गाँजा बरामद् गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको सुरक्षा व्यावस्था अत्यन्तै फितलो रहेको समयमा सर्लाही सरुवा भएर आउनु भएका प्रहरी उपरिक्षक राठौरले तादरुकताका साथ सुरक्षा व्यावस्थापनमा लाग्नु भएको छ । भारतसंग खुल्ला सिमाना भएका कारण पनि जिल्लामा सुरक्षा व्यावस्थापनमा समस्या भईरहेको समयमा प्रहरी उपरिक्षक राठौर आएपछि गैर कानूनी क्रियाकलाप गर्नेहरुको निदहराम भएको छ । कमलामाइखबर बाट साभार

बिज्ञापन

Leave a Reply