प्रवासलेख

सिद्धान्त र नेतृत्व प्रतिको बिस्वस्नियता ,अबिस्वास्नियता नेतृत्वको क्रियाकलापले निर्दिष्ट गरेको कार्यदिशा

बिज्ञापन

म, कमरेड केपि अाेलि ,कमरेड माधब नेपाल ,कमरेड प्रचन्ड लाई ठुलो बिश्वास गर्थे । गत तिनबर्ष काे गतिविधि देख्दा देख्दै म एक निस्कर्षमा पुगे । अथवा साेच्न बाध्य भए । १५ बर्ष पार्टीको प्रमुख र दुई पटक देशको प्रमुख भए पछि पनि अझै कति अपेक्षा रहेकाे हाेला ? महाअधिवेशन पर्खन नसक्ने प्रचण्ड कमरेड ३२बर्षबाट पार्टीको प्रमुख र एक पटक देशको प्रमुख भएर पनि कति पुनः किन हतार गरेकाे अधिबेशन , र निर्वाचन सम्म पर्खन नस्कनु ।केपि कमरेड ले भनिसक्नु भएको थियो । म अब अधिबेशनमा अध्यक्ष काे लागि उम्मेदवारी दिदैन र अागामि निर्वाचन पनि उम्मेदवारी हुदैन भन्दाभन्दै एति हतार किन ?

माधब कमरेड १५ बर्ष पार्टी प्रमुख हुदा केपि अाेलि उहाको कामलाई सघाउनु भएको थियोे तर अर्को बिषय सरकार बनेपछि सरकारले पुर्णता पाउन ३/४ मैना लाग्नु ।

सरकारले बनेकाे १बर्षबाट पार्टीका नेताहरू बाट सरकारकाे बिराेध गर्नथाल्नु । प्रधानमन्त्रिले मन्त्रीहरू बनाउदा सबैको भागबन्डा मिलायर बनाउनुपर्ने ,मन्त्रीहरू असफल भएभने जिम्मेवारी प्रधानमन्त्रिले लिनुपर्ने ,प्रधानमन्त्रि भनेकाे देशकाे क्याप्टेन हाे , के क्याप्टेन ले गेम जिताउने टिम रोज्ने अधिकार छैन?टिम राेज्न नपाइने ? टिम हार्याे भने जिम्मेवारी लिनैपर्ने कस्तो लाेकतन्त्र हाे ?राजदुत नियुक्ति मा भागबन्डा , मन्त्री नियुक्ति मा भागबन्डा , सबैधानिक निकायहरूमा भागबन्डा , देशमा जतिपनि नियुक्तिहरु छन सबैमा भागबन्डा , भागबन्डा भएपछि त गुण र दाेष काे पनि भागबन्डा हुनुपर्याे कि नाहि ? भागबन्डा सबैलाई चिहिने दाेष सबै प्रधानमन्त्रि लिनुपर्ने कस्तो लाेकतन्त्र हाे ? माधब कमरेड लाई डर भयाे कि यदि महाअधिबेसनमा केपिले प्रचन्ड कमरेड लाई साथ दिए भने प्रचन्ड अध्यक्ष बन्छन मेराे केहाेला ? प्रचन्ड कमरेड लाई पनि उहीँ डर यदि महाअधिबेसनमा केपिले माधब लाइ साथ दिएभने माधब अध्यक्ष बन्छन मेराे के हाेला ?यहि कारणले पार्टी बिभाजन तर्फ गयाे ।

पार्टीको जिम्मेवारी पाएपनि पार्टीको काम भएन किनकि नजर केबल प्रधानमन्त्रिकाे कुर्सी मा थियो । ७७ सचिवालय बैठकमा केबल भागबन्डा , र अाफ्नाहरु काे नियुक्तिमा समय खेर गयाे ।कसैले पनि देश,जनता,पार्टीको बिषयमा एजेन्डा बनेन अाफुहरु कुर्सी र शक्तिमा कसरी पुग्ने खेलमात्र भयाे ।एक तिर सरकार लाई घेराबन्दी मा पर्ने अर्को तिर सरकारले काम गरेन भन्ने । यस्तो अबस्थामा पनि सरकारले धेरै उपलब्धि गरेकाे छ । बिकाश तीव्रताका साथ भएको छ। तर जाे दुई तिहाइ काे सरकारले गर्नुपर्ने थियाे त्याे रफ्तारमा हुनसकेन

बिज्ञापन

सरकार भ्रस्टाचार राेक्न , र युवाहरू लाई राेजगारि दिन विभिन्न कठिनाका कारण अाफुले साेचे अनुसार सफलता हासिल गर्न सकेन। याे सत्य हाे ।स्वार्थ काे लागि कति लाचारीपन अाफ्नै पार्टी काे प्रधानमन्त्री माथि अबिश्वासकाे प्रस्ताब र अाफ्नेा पार्टीले बनाएकाे र अाफ्नै पार्टीको राष्टपतिमाथि अबिश्वासकाे प्रस्ताबकाे सडयान्त्र गर्ने नेताहरू माथि पार्टीको कार्यकर्ता हरु कसरी बिश्वास गर्न सक्छन् ?

संबैधानिक परिषदकाे बैठक बस्न नदिने अर्कोतिर सरकारले काम गरेन पनि भन्ने कस्तो दाेगलाे नीति हाे ?यस्तो सरकारलाई घेराबन्दीमा पारिरहदा पनि जाे सरकारले उल्लेखनिय कार्य गरेकाे छ भने केही कमिकमजाेरि पनि रहेका छन। सरकारलाई असफल पार्न केहि पत्रकार हरुलाई प्रयोग गरि जनतामा भर्म सिर्जना गर्न झुटा प्रचार गर्ने सम्मकाे घृणित खेल भयाे ।

त्याे देखेर म माधब कमरेड र प्रचन्ड कमरेड प्रती जाे बिश्वास र अास्था थियोे त्याे कर्मभङ्ग भयाे र कमरेड केपि अाेलि प्रती बिश्वास झनै गाडा र अटुट बन्दै गयाे । कमरेड केपि ज्युले भन्नभयाे कि एक पटक प्रधानमन्त्रि र पार्टीको प्रमुख भएका सबै सल्लाहकार भएर अभिभावकिय भुमिका निर्वाह गर्दै । नेतृत्व नया पुस्तालाई जिम्मेवारी देउ भन्दा तपाईंहरूकाे मुखाबाट अावाज सम्म अायन किन ?
तपाईंलाई मात्र सधैभरि प्रमुख बनाउने हाे भने नया पुस्ताकाे पालाे कहिले अाउने? के यहि हाे लाेकतन्त्र हो?

गरिबकाे छाेरा पनि देशको प्रमुख बन्न पाइन्छ भनेको त अाफ्नैलागि मात्र रहेछ । गरिब छाेरा त छाेडनुहाेस यहाँ पार्टीका हजारौं नेता प्रमुख नबनिकन जीवन समाप्त हुदै गरेका तमाम प्रमाण छ्न।

हामीले नदेखेको लिपुलेक,लिम्पियाधुरा,कालापानी सहितको चुच्चे नक्शा बनाउन सरकार सफल भयाे जमिन पनि फिर्ता लिनेछ । हिजो सम्म मन्त्री बन्न दुतावास धाउथे नेताहरू अहिले छिमेकी हरु हाम्रो देशमा धाउन थालेका छन । दुबै देशसंग मित्रतापुर्ण ब्याबहार उच्च शिखरमा पुगेकाे छ।

राष्ट्रिय स्वधिनता संगै हाम्रो स्वभिमान बढेकाे छ । बिदेश नितिमा उल्लेखनिय सुधार भएको छ। । देशमा सडक हरु व्यापक रूपमा कालाेपत्रे हुदैछ । देशमा अाफ्नै रेल चलाउने काम भएको छ , भुकम्पले क्षेतिग्रत भएका हजारौं घर बनेर हस्तान्तरण भएको छ। तराईमा हुरिले उडायका घर हजारौं घर बनायर सरकारले दिएको छ ।

रानिपाेखरि ,धरहराका काम भैरहेको र पुर्ण भएको छ । कति तीब्र गतिमा काम चलेको छ। काठमाडौ बाटाहरु चिल्ला भएका छन ।मेलम्ची काे पनि पनि चैत सम्ममा अाउने भनेकाे छ। ठाउ ठाउमा सिचाइ काे ठुलो याेजना सुरु हुदै छन। इत्यादि कुराहरू विकासका संक्षिप्त्त जानकारीमात्रै हुन ,यस्तो अझै धेरै छन ।

स्वार्थि नेताहरूले सरकारलाई घेराबन्दी पार्दा पार्दै पनि एति काम गर्न सकिन्छ भने । पार्टीको सबै नेताहरूले सरकारलाई साथ दिएको भए । तपाईं हामीले अपेक्षा गरे भन्दापनि धेरै राम्रो बिकास गर्ने थियाे याे सरकारले । म एक बर्ष पहिले सम्म पार्टीको कुनै गुठकाे पक्षधर होइन ।तर अहिले नेताहरूका ब्याबहारले गर्दा पार्टीमा एक गुट राेज्न बाध्यभए । र सस्थापन पक्ष केपि अाेलि साथमा छु । जुन व्याक्ती अाफ्नाे सम्पति सरकारिकरण गरि देश र जनताकाे लागि बाच्ने देश र जनताकाे लागि मर्न तैयार छ । त्यस्तो नेतालाई साथ नदिएर पद लाेभि , स्वार्थि नेताहरूलाई दिन सकिदैन ।।।।

माधब बेल्बासे
प्र.ने.संघ .भारत मा.गु. स. राज्य समिति
उपाध्यक्ष

बिज्ञापन
बिज्ञापन

Leave a Reply