घटना समाचार

स्कुलमा विधार्थीलाई अश्लील भिडियो शिक्षकले देखाए पछि हँगामा

बिज्ञापन

नवलपुर । पछिल्लो समय यौन हिंसाको घटनामा वृद्धि हुदै गएकाछन् । अझ विद्यालयमा अध्यययनरत छात्राहरु त्यसको शिकार हुने क्रम वढेको छ । केही दिन अघिमात्रै त्रिवेणी सुस्तापूर्व (नवलपुर ) को गैडाकोटस्थित जनक उच्च माध्यमिक विद्यालयमा पनि यही घटना दोहोरिएको छ । विद्यालयका शिक्षकले नै छात्रामाथि दुव्र्यबहार गरेको ओरोपमा विद्यार्थीले आन्दोलन समेत गरेकाछन् ।

त्रिवेणी सुस्तापूर्व (नवलपुर )को गैडाकोटस्थित जनक उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत छात्रालाई शिक्षक कपिल घिमिरेले अश्लिल भिडियो देखाएर दुव्र्यबहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीका अनुसार उक्त घटना चैत २८ गते भएको थियो । घटना मिलाउन दुई पक्ष विच छलफल हुदै आएको थियो । आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा समेत आगजनि गरेका छन् ।

विद्यार्थीले प्रहार गरेको ढुङगामुडा बाट एक दर्जन प्रहरी घाइते भएका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहिबेर तनावग्रस्त बन्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केहिराउन्ड अश्रुल ग्याँस समेत प्रयोग गरेको थियो ।

दोषिलाई कानुनी कारबाही हुनुपर्ने अविभावकको माग छ ।

बिज्ञापन

आरेपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अहिले विद्यालय आसपास क्षेत्रको अवस्था सामान्य रहेको छ । प्रहरीले अनुसन्धानपछि कारवाही प्रकृया सुरु गर्ला तर दिनँहू जसो शिक्षा आर्जन गर्ने, गरिने विद्यालय जस्तो पवित्र ठाँउमा स्वयं शिक्षकबाट यस्ता घटना वारम्वार भइरहनु भने दुखद हो । यस्ता दुखत घटनाको न्यूनिकरणमा सवैको चासो हुनु आवश्यक छ ।

बिज्ञापन
बिज्ञापन