राष्ट्रिय समाचार

हिरासतमा रहेका आङतावा घाइते, बाथरुममा लडेको प्रहरीको दाबी

बिज्ञापन

काठमाडौं । प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पा घाइते भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएको भन्दै पक्राउपुर्जी जारी भएपछि हिजो (सोमबार) साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका पुर्वसासंद शेर्पाको लडेर टाउकोमा गम्भिर चोट लागेको हो ।

राति उनको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेर टाँका लगाइदिएको छ। अहिले पूर्वसांसद शेर्पा प्रहरी परिसरकै नियन्त्रणमा छन् । परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले शेर्पा राति शौचालयमा लडेको र टाउकामा चोट लागेको बताए।

‘उहाँ राति शौचालयमा लड्नुभएछ, हामीले राति नै ट्रमा सेन्टर लगेर उपचार गरायौँ, उहाँलाई फर्काइएको छ। सोधपुछ गर्ने काम भइरहेको छ’, एसएसपी कार्कीले भने ।

बिज्ञापन

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

बिज्ञापन
बिज्ञापन