
श्रावण ६ टीकापुर /यहाँ धेरै जसो टीकापुरका सबै कार्यलय सामाजिक संघ सस्था,चोक चौराहा , चिया पसल हरुमा बसेका व्यक्ति हरु लाई आफ्नो समस्या सुनाउने गर्दछन।
धेरैजसो टीकापुरका विभिन्न कार्यलयमा देखीन्छन् । उहाँसँग नत नागरिता छ , नत उहाँका आफन्तहरु छन । उहाँ भन्नुहन्छ उहाँका लागी आफन्त मरेर गए । आमा बुवाको मृत्यु भैसकेका कारण अन्य काका पट्टीका आफन्तहरुले पनि नागरिता बनाई दिएनन यदि नागरिता बनायो भन्ने उनका आमा बुवाको सम्पतिमा हक दावी गर्ने डरले नागरिकता नबनाएको हुनसक्ने बताउछन् ।


बुढो अवस्था भइसक्दा पनि उनलाई सरकारको तर्फबाट पनि कुनै सुविधा नपाएको मा दुखित छ्न । वडा कार्यलय बाट कसैले सेवा लिरहेको देख्दा नियालेर टोलाइ रहन्छन् ।
शरीरमा तागत रहेको बेला अरुको ज्याला मज्दुरी गरेर खाने गरेको बताउने उहाँ यति बुढो हुदापनि घरघरमा गएर दाउरा चिरने काम गर्र्थे अहीले शारिरीक कमजोरीका कारणले केही काम पनि गर्न सक्दैनन ।

उनी आफनो नागरिकता बनाई मागन वडा कार्यलय देखी लिएर हरेक सरकार कार्यलय सम्म पुग्छन सायदै टीकापुरकामा कुनै कार्यलया होला जाहाँ उनी पुगेका छैन । कार्यलयामा आफन्तहरु साक्षी नहुन्जेल नागरीता बनिदैन भन्छन् ।उनीले आफन्तहरुलाई जसाो तसो गरेर नागरीता बनाइ मागन खोज्दा उनका कुरा कोही मान्दैनन् । आफनतका नाममा भतिजा मात्र छन जसले उन्को कुरा सुनिदिदैनन् । उनी कार्यलय अगाडी घन्टौ सम्म उभिदा पनि नागरिता बनाउन सकिरहेका छैनन् । उनी पसलमा गएर मान्छेलाइ हेहिरहन्छन् । उनलाई चिन्नेले दया मानेर केही पैसा दिनछन् ।


टीकापुरमा भारतका विभिन्न ठाउहरुबाट बाबाको भेषमा , कोही साना बच्चा बोकेर शारिरीक अवस्थामा सबल हुने पनि भिक मागन आउछन । केही समय अगाडी मालिका समाचारले बच्चाहरुका जिब्रा काटेर जाली कागजात बनाएर नेपाली टोपी लगाएर माग्ने भारतिय समुहको खुलासा गरेको थियो । नेपाल देश गरिब भएता पनि यहाँका मानिसहरु भन्ने सभिमानी छन् । भारत जति धनी भएपनि त्यहाँका नागरिकहरु हाम्रो देशमा माग्न आउछन् ।यस्ता सभिमानी नेपालीलाई न्याय दिन सक्दो सेर गरै । धेरै व्यतmीहरुले नक्कली नागरिता बनाएका हुन्छन तर यीनको सक्कली नागरिता बन्नसकेको छैन् ।
हामीले हाम्रो तर्फबाट हुन सक्ने सहयोग गरेका छौँ यदी तपाई पनि सहयोग गर्न चाहानु हुन्छ भन्ने यस समाचारलाई सेर गरेर सहीव्यक्ति ठाँउ पुगाउनु होस्
अन्य समाचारहरु
टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी
वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ६ गते हुने
टीकापुरमा साहित्य महोत्सवको आयोजना हुने