पुजा सकेर घर फर्कदा पहिरोमा पुरिए
बिज्ञापन

असोज , ६
गुल्मीको ईश्मा गाउँपालिका वडा न .२ छल्दीपनाह रातचौर स्थानमा सोमबार साझ आठ बजेतिर सडकमा हिडिरहेका बेला माथिबाट झरेको पहिरोमा पुरिएका हुन ।
उनिहरु ३१ वर्षीय प्रेम बहादुर कुमाल र सोही ठाउकै ५ वर्षीय सपल कुमालको मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी निरीक्षक कमलेश कुमार महतोले जानकारी दिए ।त्यस्तै त्यही ठाँउकै ६० वर्षीय तिलक कुमाल घाइते छन ।
बिज्ञापन

तीनै जना आफन्तको घरमा पुजामा सहभागी भएर घर फर्किदै थिए ।त्यसैक्रम राती ८ बजे सडक माथिबाट गएको पहिले पुरिएर उनिहरुको मृत्यु भएको छ।
घाइते तिलकको सोमबार राती उदार गरिएतापनी दुई जनाको भने मंगलबार बिहानै शव फेला परेको छ ।
सडक भन्दा करिब एक सय मिटर तल नालिको छेउबाट शव निकालेको महतोले बताए ।
यस्तै घाइतेको अवस्था भने सामान्य रहेको बताएको छ ।
बिज्ञापन
