बर्दियामा कोरोना संक्रमितबाट एक जनाको मृत्यु
बिज्ञापन
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/Ad-mobile-banner.jpeg?fit=960%2C150&ssl=1)
कार्तिक ,५
बर्दिया बारबर्दिया नगरपालिका-७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
उपचारका लागि कोलपुर शिक्षण अस्पतालमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।
बिज्ञापन
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/snake-ad-01-nagarpalika.jpeg?fit=720%2C360&ssl=1)
यस्तै , उपचारअघि उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गोकर्ण गिरीका अनुसार ती पुरुषको अवस्था सामान्य भएपछि घरपरिवारको आग्रहबाट कार्तिक २ गते अस्पतालले उनलाई होम आईसोलेसनमा पठाइएको थियो।
यस्तैगरि जिल्लामा कोरोना संक्रमणबाट हाल सम्म ७ जनाको मृत्यु भएको छ।
उनको श्वासप्रश्वासमा समस्या देखेपछि उनलाई कोलपुरस्थित लैजादै गर्दा मृत्यु भएको हो।
बिज्ञापन
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2023/06/Nagarpalika-header-AD.jpg?fit=728%2C90&ssl=1)