राजनीति

माघ ७ गते प्रदेश प्रदेशसभा बैठक बोलाउने मन्त्रीपरिषदको योजना

बिज्ञापन


माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ।

आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले उक्त योजना गरेको हो।

बिज्ञापन

यसअघि साउन ९ गते सभामुख सोमनाथ अधिकारीले प्रदेशसभाको बजेट अधिबेशन अन्त्य गरेका थिए ।

सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माग ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

यसअघि मुख्यमन्त्री शेरधन राईविरुध आजै अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सांसद राजेन्द्र राईका अनुसार नेकपाको प्रचण्ड नेपाल समुहका सांसदहरुले आइतबार बिहान राईविरुध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन ।

उनिहरुले नयाँ मुख्यमन्त्रीमा भिम आचार्यालाई प्रस्ताव गरेका हुन ।
राईविरुध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड नेपाल पक्षीय एक नेताले बताएका छन ।

प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन । तीमध्ये नेकपाका ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह शेरधन राईको पक्षमा २२ जना मात्रै छ्न । केही सदस्यहरु यता उता गरिरहेका छ्न ।

यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्मन्त्रीले राजिनामा दिएका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन ।
यस्तैगरी सामाजीक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग , पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वसले राजीनामा दिएको प्रदेश नबर १ का नेकपा सचिव सुरेश राईले जानकारी दिए ।

आफुविरुध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङबोलाई हटाइएको जानकारी दिएका थिए ।

यस्तैगरी बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका प्रचण्ड माधव नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गरेका हुन ।

केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरुमा पनि मतभेद देखिएको छ।

Leave a Reply