राष्ट्रिय समाचार

पुरानै मूल्यमा चामल बेच्न सरकारको निर्देशन, बढी मूल्य लिए कारबाही हुने

बिज्ञापन

काठमाडौं । व्यापारीहरूले चामलको मूल्य बढाएको पाइए सरकारले कारबाही गर्ने भएको छ ।

केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

बिज्ञापन

विभागले साउन १५ मा उद्योग वाणिज्य महासंघका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो ।

भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

कसैले मूल्य वृद्धि गरेको पाइए कारबाही हुने विभागले जनाएको छ । भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

भारतको घोषणा लगत्तै नेपाली व्यापारीहरूले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् ।

चामलको मूल्य वृद्धि भएको गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरूलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।