राष्ट्रिय समाचार

गणतन्त्र उत्तम व्यवस्था हो, राजतन्त्र होइन : महामन्त्री थापा

बिज्ञापन

जनकपुरधाम – एक महिलालाई बलात्कार गरेको आरोप लागेका सप्तरीका नेपाली का‌ंग्रेसका नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन् ।

का‌ंग्रेस नेता चौधरीलाई शुक्रवार सप्तरी प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।

स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।