बिश्व

युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी

बिज्ञापन

गाजा सिटी । गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् ।

गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् ।

बिज्ञापन

प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की विशेष प्रतिनिधि लुसिया एल्मीले जेरुसेलमबाट भिडियो लिङ्कमार्फत आयोजित पत्रकार सम्मेलनमा आफू गाजामा एक हप्ता बिताएर भर्खरै फर्केको बताए ।

गाजाको पछिल्लो स्थितिले आफूलाइै निकै दुःखी बनाएको बताउँदै उनले भने, ‘हजारौं बालबालिकाको मृत्यु भइसकेको र तीनवटा अत्यावश्यक समस्या तत्काल सम्बोधन नगरिए अझै हजारौं बालबालिकाले ज्यान गुम्ने जोखिम रहेको छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बमबारीबाट पीडितका लागि राहतको व्यवस्था गर्न सुरक्षा, सहायता वितरणको लागि रसद, र व्यावसायिक क्षेत्रको पुनः सञ्चालन आवश्यक छ । एल्मीले पत्रकारहरूसँग कुरा गर्दै विगत दुई हप्तामा मात्र गाजामा बालबालिकामा झाडापखालाका घटनाहरु झण्डै दोब्बर भएर ७० हजार पुगेको बताए ।

करिब एक लाख ३५ हजार बालबालिका पनि गम्भीर कुपोषणको जोखिममा छन् । उनले तत्काल र दीर्घकालीन युद्धविराम नै बालबालिका र परिवारको हत्या र घाइतेको अन्त्य गर्ने एक मात्र उपाय भएको र अति आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे ।

एल्मीले गाजा पट्टीमा प्रवेश गर्ने सबै नाकाहरू पुनः खोल्नुपर्ने, सहायताका लागि अनुमोदन प्रक्रिया छिटो हुनुपर्ने, विद्यालय र अस्पतालजस्ता नागरिक पूर्वाधारको संरक्षण गरिनुपर्ने र गाजा पट्टीको उत्तरमा पहुँच प्रदान गर्नुपर्ने बताएका छन् ।
अपहरणमा परेका बालबालिकासहित विभिन्न देशका नागरिकलाई पनि बिनाशर्त र सकुशल रिहा गरिनुपर्छ ।

हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहले इजरायलमाथि आक्रमण गरेको यो आइतबार १०० दिन पुगेको छ । अहिलेसम्म एक हजार २०० इजरायली मारिएका छन् भने करिब २५० जनालाई बन्धक बनाइएकोमा १०० भन्दा बढीलाई रिहाई गरिएको छ ।
इजरायलले सैन्य कारबाही सुरु गरेयता १४ हप्तामा २३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये करिब दुई तिहाइ महिला र बालबालिका छन् ।