नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय, ‘दुई देशबीच विवाद चर्काउनु हो’
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको बताएका छन् ।
नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरे।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताए। उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवाद हल गरेर जान सकिने तर्क गरे।
सीमा समस्या कि त युद्ध लडेर कि कुटनीतिक तरिकाबाट हल हुने भन्दै उनले तीतो पोखेर मात्रै समाधान नहुने धारणा राखे। ‘सीमा समस्या की त युद्ध लडेर हुन्छ, कि त कुटनीतिक तरिकाबाट हल हुन्छ’, उनले भने, ‘खाली तीतो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन्।’
भट्टराईले खुला सिमानाका कारण नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको बताए। ‘