राजनीति

मैले सदनमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

बिज्ञापन

२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

बिज्ञापन

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए ।

महान्यायाधिवक्ताको कार्यालयले नै कहीँ कतै मुद्दा चलेको, अभियोजन भएको, पोलेको पाइएन भनेर लेखेर दिएको भन्दै उनले भने, ‘मैले सदनमा बोल्नुपर्छ । सदनमाबाट राखेपछि चित्त बुझेन भन्ने ठाउँ छ ।’

बिज्ञापन