सन्त निरंकारी मण्डल नेपालद्वारा ११७८ पिन्ट रक्तदान
टीकापुर, २७ बैशाख । सन्त निरंकारी मण्डल नेपालद्वारा ११७८ पिन्ट रक्तदान गरेको छ ।
निरंकारी बाबा गुरबचन सिंह जी महाराजको स्मरणमा प्रत्येक वर्ष ‘मानव एकता दिवस’ को अवसरमा संसारभरि रक्तदान शिविरको आयोजना गरेर मनाउने गरिन्छ । त्यसै सिलसिलामा नेपालमा पनि विभिन्न जिल्लाहरुमा स्वच्छिक रक्तदान शिविरको आयोजना गरिएको थियो जसमा कैलालीमा–२४३, धनुषामा–१३४, पर्सामा–८५, काठमाडौमा–८४, स्याङ्जामा–६९, दाङमा–६२, सप्तरीमा–५९, बाँकेमा–५४, सुर्खेतमा–४४, कास्कीमा–३७, झापामा–३३, सल्यानमा–३२, सिराहामा–२८, रुपेन्देहीमा–२७, सर्लाहीमा–२७, कञ्चनपुरमा–२७, मोरङमा–२६, कपिलवस्तुमा–२५, सुनसरीमा–२३, मकवानपुरमा २२, बर्दियामा–१९, अछाममा–८, डोटीमा–५ र डडेल्धुरामा–५ गरेर ११७८ पिन्ट रगत संकलन गरिएको थियो ।
स्मरण रहोस कि सन्त निरंकारी मण्डल नेपालले रगतको अभावमा कोहिपनि मानव प्राणी अकालमै प्राण त्याग्न नपरोस भनि समय–समयमा आवश्यकता अनुसार केवल मानव एकता दिवसलाई मात्र नपर्खेर खाँचो अनुसार जुनसुकै समयमा पनि रक्तदान गर्दै आएको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । लम्की– मातीपुर स्थाई घर भएका कृष्ण प्रसाद रेग्मी भन्छन्– हामी दुइटै श्रीमान÷श्रीमतीको रगत समूह निकै बिरलै मात्रामा भेटिने भएकोले आवश्यकता अनुसार सेती प्रादेशिक अस्पताल धनगढीबाट फोन आइरहने बताउनु भयो ।
आज सन्त निरंकारी मण्डलले केवल भारत र नेपालमा मात्र नभई पूरा विश्वमा आवश्यकता अनुसार रक्तदान गर्दै आएको छ । त्यसको साथै निरंकारी बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा ‘प्रोजेक्त अमृत’ अन्र्तगत विभिन्न नदी–नाला, पोखरी, समुन्द्र, पार्क, स्कूल, सार्वजनिक स्थान आदि ठाउँको सरफाई गर्दै आएको छ । गत वर्ष सन्त निरंकारी मण्डल नेपालले टीकापुर पार्कको वृहत सरसफाई गरेको थियो भने यस वर्ष ललितपुरमा रहेको कर्मशा नदीको फोहोर–मैला हटाएर सरसफाई गरेको थियो ।
You must be logged in to post a comment.