आस्था /आध्यात्म

कपिलवस्तुको भरवालियामा भव्य सत्संग सम्पन्न

बिज्ञापन

–तेज बोहरा
कपिलवस्तु (भरवालिया), २७ बैशाख । कपिलवस्तुमा भव्य सत्संग सम्पन्न भएको छ । ्

बिज्ञापन

गत २४ बैशाखको साँझ ६.०० बजेदेखि ९.०० बजेसम्म सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलको प्रमुख आथित्यमा आयोजना गरिएको उक्त सत्संग कार्यक्रममा करिब दुईढाई सय किलोमिटर टाढाबाट सन्तहरुको उपस्थिति रहेको थियो ।

मण्डलका अध्यक्ष नर बहादुर रावलले उपस्थित सन्तहरुलाई सम्बोधन गर्दै भन्नुभयो कि जुन ईश्वरको हामी भक्ति वा पूजा गरिरहेका छौ पहिले त्यसको जानकारी हुन आवश्यक छ । ईश्वरलाई नजानेर भक्ति वा पूजा हुन सक्दैन । आज सन्त निरंकारी मिशनले यसै ईश्वर–परमात्मालाई प्रत्यक्ष रुपमा जानकारी गराई रहेको छ । सन्त–भक्तहरु पनि त्यसको प्रत्यक्ष दर्शन गरेर आफ्नो जीवन सुखी र आनन्द बनाई रहेका छन् । तर, ईश्वरलाई जान्नको लागि सत्गुरुको कृपा हामीमाथि हुनु नितान्त जरुरी छ, नत्रभने हामी यसलाई जान्न सक्दैनौ । संसारमा गुरु अनेक प्रकारका रहेका छन् । कसैले तन्त्र–मन्त्र गरेर ईश्वरलाई पाउन सकिन्छ भन्छ कसैले विभिन्न ठाउँको शैयर गरेर ईश्वरलाई पाउन सकिन्छ भन्छ, कसैले अनेकौं दुःख–कष्ट गरेर ईश्वरलाई पाउन सकिन्छ भन्छ तर सत्गुरुले सरल माध्यमबाट आफ्नै घर–गृहस्थीमा बसेर यस निराकार–परमात्मालाई पाउन सकिन्छ भनेर आज मानवलाई ब्रम्हज्ञान प्रदान गरेर परमात्माको साक्षात्कार गराई रहेको छ । यसरी सत्गुरुको शरणमा गएर ब्रम्हज्ञानबाट ईश्वरको दर्शन गरेर मात्र हामी मुक्ति हुन सक्छौ । सत्संग रुपी माताको अनुभूतिबाट नै पिता रुपी परमात्माको दर्शन गर्न सकिन्छ, उहाँले प्रष्ट पार्नु भयो ।

उहाँले सत्गुरुबाट प्रदान गरिएको पाँच प्रणमाथि प्रकाश पार्दै त्यसमा उल्लेख गरिएका शब्दहरुलाई ध्यान राख्दै आफ्नो जीवनलाई अगाडि डो¥याउँदै जानु पर्दछ तब मात्र हामी सहि रुपमा ब्रम्हज्ञानलाई आफ्नो जीवनमा अंगाल्न सक्छौ र त्यो भक्ति ईश्वरलाई स्वीकार्य हुने छ । कुनैपनि आदेश आएपछि त्यसलाई गुरमत अनुसार निभाउनु पर्दछ । यदि हामी गुरुबाट आएको आदेशलाई आफूमुताबिक गर्न थाल्छौ भने त्यो सेवा सत्गुरुलाई स्वीकार्य हुन सक्दैन । चाहे हामी जतिसुकै कडा मेहनेत गरेर त्यो सेवा गरेका हुन्छौ, त्यसको कुनै लाभ हामीलाई हुन सक्दैन । ज्ञान त हामी सत्गुरुबाट प्राप्त गर्छौ तर त्यस अनुसार हामी चल्दैनौ भने त्यसको के काम । भनिएको पनि छ– ‘ज्ञान कर्म मे ढलजाय तो जीवनका श्रृंगार बने’ । यदि ज्ञान हाम्रो कर्ममा परिणत हुन्छ भने हाम्रो जीवन सुन्दर बन्न जान्छ । हाम्रो जीवन सुखी र आनन्दित हुन जान्छ । परिवर्तित प्राकृतिक चीजहरुसंग यदि हामी त्यसको पूजा गर्छौ भने त्यसबाट हाम्रो जीवन मुक्ति हुन सक्दैन । जस्तै पृथ्वी, चन्द्रमा, सूर्य, तारा, पानी, वायु, अग्नि, जीव आदिको यदि हामी परमात्मा सम्झेर तिनीहरुको पूजा गर्छौ भने हाम्रो जीवनको कल्याण हुन सक्दैन । जो यस संसारमा अपरिवर्तित छ, जो कहिल्यै नाश हुँदै, सधैं एक जस्तै रहन्छ, जसको कहिल्यै मृत्यु हुँदैन त्यसलाई जानेर भक्ति वा पूजा गर्छौ भने हाम्रो जीवन मुक्ति हुन जान्छ । त्यसको जानकारी हामी सत्गुरुको शरणमा आएपछि मात्र हासिल गर्न सक्छौ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि जुन प्रकारले मृर्गले आफ्नो नाभीमा रहेको कस्तुरीलाई जंगल–जंगलमा खोजी रहेको हुन्छ तर त्यसले कतै खोजेर पाउन सक्दैन किनभने त्यो त केवल उसको नाभीमा रहेको हुन्छ, त्यस्तै प्रकारले हामीले पनि ईश्वर–परमात्मालाई अनेकौं ठाउँमा खोज्यौं, अनेकौं काशी–काबा, मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा गुम्बामा गएर खोजेऔं तर त्यस परमात्माको दर्शन गर्न सकेनौ त्यसलाई पाउन सकेनौ जब हामीलाई सत्गुरुको साथ प्राप्त भयो तब उहाँले ब्रम्हज्ञान प्रदान गरेर ईश्वर–परमात्माको दर्शन घरमै बसेर गराउनु भयो, हामीलाई कतै भौतारीनु परेन । जुन प्रकारले माछा पानीमा रहेर पनि त्यो प्यासा हुन्छ, पानी तिर्खाएको हुन्छ । जब त्यस माछाले पानीमा तलमाथि गर्छ तब त्यसले पानीको तिर्खा मेटाउन सक्छ र साथै जब त्यो माछा कुनै किनारामा आईपुग्छ तब त्यो छटपटाउन थाल्छ र उसले पानीको अनुभूति गर्न थाल्छ, जबकि त्यसको चारैतिर पानी नै पानी हुन्छ त्यसले पानीको कुनै अनुभव नै गर्दैन । त्यस्तै प्रकारले हामीले पनि ईश्वर–निराकारलाई आफूसंगै, आफ्नै वरिपरि हुँदा पनि त्यसको अनुभूति गर्दैन जब हामीलाई सत्गुरुको दिव्य ज्ञान प्राप्त हुन्छ तब हामीलाई थाह हुन्छ ईश्वर त हामीसंगै रहेछ, यसलाई खोज्न कतै बाहिर जानु पर्दैन, कतै भौतारिनु पर्दैन, उहाँले प्रकाश पार्नु भयो ।


त्यस्तै जुन प्रकारले एउटा वृक्षले आफु घाम–पानीमा रन्थनिएर पनि मानवलाई घामबाट जोगाउँछ, आफ्नो फल खान दिन्छ तर मानव भने वृक्षको हाँगा–पात काटेर, फल निकाल्नको लागि ढुंगा हानेर त्यसलाई चोट पु¥याउँछ तर वृक्षले आफ्नो फल दिन छोड्दैन । त्यस्तै नदी पनि अनेकौं कोश टाढाबाट बग्दै ओकाली–ओराली गर्दै, ढुंगा–मुढा खाएर पनि मानव, पशु–पंक्षीको तिर्खा मेटाउने गर्छ, वृक्षलाई हरियाली पार्दछ । त्यसको कुनै स्वार्थ रहेको हुँदैन । त्यस्तै अनेकौं युगमा अनेकौं भक्तहरु आए उनीहरुले पनि अनेकौं कष्ट उठाउनु प¥यो । जस्तै भक्त प्रह्लादले अनेकौं कष्ट उठाउनु परयो, त्यस्तै भक्त शबरीले पनि भगवान रामको प्रतिक्षामा बाल्यकालदेखि वृद्धासम्म अनेकौं कष्ट उठायो, त्यस्तै रानी मिराले दरबारको यश–आरामलाई तिस्कार गरेर भगवान प्राप्तिको लागि अनेकौं कष्ट उठाउनु परयो अन्तमा गुरु रबिदास जीबाट ज्ञान हासिल गरेर भगवान रामको दर्शन गर्न सफल भइन । यसरी संसारमा जतिपनि गुरु–पिर–पैगम्बर अवतरित भए उनीहरुले दुःख–कष्ट उठाउनु नै परयो । तर आज सत्गुरुको असिम कृपाबाट हामीलाई घरमै बसेर यस निराकार दातारको साक्षात्कार दर्शन भएको छ, हामीले उहाँले प्रदान गरेका अमूल्य ब्रम्हज्ञानलाई जतन गरेर आफ्नो कर्मलाई सत्मार्ग लगाउनु पर्नेमा जोड दिनुभयो ।


हामीले कमाएको अर्थात हामीसंग रहेको जतिपनि धन–सम्पत्ति, जुहारत छन् त्यो हामी मरेपछि साथ जाने छैन, यहाँसम्मकी हामीसंग रहेको मासु, हाड पनि साथ जाने छैन । जाने छ भने हामीले यस मानव योनिमा भक्ति गरेर कमाएको निराकार–परमात्मा मात्र साथ जाने छ, त्यहि मृत्युपछिको हाम्रो साथी हुने छ, त्यही हाम्रो काम लाग्ने छ । यसरी हामीले ईश्वरले प्रदान गरेको मानव चोला पाएको सार्थक गर्नु छ । यस योनिमा नै ईश्वर–परमात्मालाई पाउन सकिन्छ । मानव योनि चौरासी लाख योनि काटेपछि मात्र आउँछ । त्यसैले हामीले यो योनि पाएको सार्थक गर्नु पर्दछ नत्रभने मानव योनि पाएको ब्यार्थ हुन जाने छ । आज मानव अर्काको प्रगतिलाई देखेर स्वयं दुःखी भइरहेको छ, अरुको राम्रो भएको देख्न सक्दैन, त्यसबाट उसलाई चोट पुग्न जान्छ र जसबाट ऊ दुःखी हुन जान्छ । तर सत्गुरुले हामीलाई यहि कुराको सन्देश दिराख्नु भएको छ कि हामीले सबैको भलाई गर्नु छ, कसैलाई अलिकता पनि चोट पु¥याउनु हुँदैन, सबैसंग माया गर्नु पर्छ, सबैसंग एकापसमा मिलेर बस्नु पर्छ, बाँडीचुडी खानु पर्छ, एक–अर्काको सत्कार गर्नु गर्छ भन्ने सन्देश हामीलाई दिराख्नु भएको छ तर हामी त्यसलाई आत्मसाथ गर्न चहादैनौ जसबाट हामी जीवनमा दुःखी हुन जान्छौ, जीवनमा कुनै प्रगति हासिल गर्न सक्दैनौ, त्यसैले हामीले आफ्नो बानी–ब्यवहारमा सुधार ल्याउनु पर्ने कुरा औल्याउनु भयो ।

अन्तमा उहाँले बाबा हरदेव सिंह जी महाराजबाट भनिएको निकै ह्दय छुने उद्गारलाई प्रष्ट पार्दै भन्नुभयो कि संसारमा रहेका पशु–पंछीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान कुनै प्रकारको सिमाले रोक्न सक्दैन, स्वतन्त्रता पूर्वक आवत–जावत गर्न सक्छन्, उनीहरु कुनै पनि देशमा उड्न, बस्न सक्छन्, उनीहरुलाई कुनै प्रकारको पासपोर्ट वा कानुनको आवश्यकता पर्दैन तर मानवलाई मात्र किन एक–अर्काको देशमा जानको लागि भिसा, पासपोर्टको आवश्यकता पर्दछ, किन कुनै कानुनको आवश्यकता पर्दछ । आज सन्त निरंकारी मिशनले धर्मलाई जोड्ने काम गर्छ, तोड्ने काम गर्दैन, एकापसमा मिलाउने कार्य गर्दछ, छुट्टाउने कार्य गर्दैन । भारत र नेपालको सिमानालाई छुट्टाउने कार्य गर्दै, उसले त्यहाँ नेपाल र भारत एकापसमा मिलिरहेको संकेत गर्दछ । यहि सन्देश आज मिशनले संसारलाई दिरहेको छ । विश्व बन्धुत्वको भावनाको विकास गराई रहेको छ, संसार एउटै परिवार हो भनेर सबैमा एकत्वको भावनको जागृति गराई रहेको छ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा सुमन, पारस, पूजा, मनिसा, मनोज, राम अवतार, राम नरेश, सुधिराम, बुन्देश्वर चौहान, राम कुमार, गायक तेज बोहरा, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा सन्त निरंकारी आदर्श विद्यामन्दिरका अध्यक्ष श्रीराम काफ्ले, कुशल, राम बडाई, श्रीराम, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, मोहन, देव कुमार, राकी, साधना, कुल बहादुर के.सी., रामप्यारे, राम सुसेर, स्वेता र कमलावती थिए भने कार्यक्रमको उद्घोषक सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले गर्नु भएको थियो ।

बिज्ञापन