एमाले नेताको भारतमा निधन

नेकपा ( एमाले ) जिल्ला कमिटी अछामका सल्लाहकार सदस्य,
६१ वर्षिय भ्वान सिंह रावत को बिहिवार भारतको गुजरातमा निधन भएको छ।

रावत अछाम जिल्लाको कमलबजार नगरपालिका वडा १ मुली घर भइ रोजगारीको सिलसिलामा भारतको गुजरात राज्य सुरत शहरमा रहदै आएका थिए ।

उनी काम गर्दै गरेको अवस्थामा निधन भएको र बिहिवार असुनी कुमार श्मशान भुमिमा दाहा संस्कार गरिएको प्रवासी नेपाली संघका केन्द्रिय सचिवालय सदस्य, गुजरात इन्चार्ज टेक रावलले मालिका समाचारलाई जानकारी दिनुभयो दाहासस्कार कार्यमा भारत स्थिति विभिन्न संघ संगठनका ब्याक्ती हरुको उपस्थितिमा कम्युनिस्ट पार्टीको झन्डा ओडायर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य इन्चार्ज टेक रावल भीजन, केन्द्रिय सदस्य खड्क विक, संघकै गुजरात राज्य आर्थिक विभाग प्रमुख सर्जन खड्का, सचिवालय सदस्य तथा अंकलेश्वर भरुच नगर समिति इन्चार्ज रतन चलाउने, राज्य सदस्य गणेश खड्का,करन रावत,प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत अंकलेश्वर भरुच नगर समितिका अध्यक्ष रमेश न्यौपाने र सचिव पदम विष्ट,आर्थिक विभाग प्रमुख कमल भाट, नगर सदस्य ओम प्रकाश विष्ट,सल्लाहकार सदस्य एकेन्द्र बिष्ट,अर्जुन बडुवाल रहेका थिए।

अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिवालय सदस्य एवं गुजरात राज्य समिती इन्चार्ज प्रकाश बिश्वकर्मा केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सह इन्चार्ज लक्षिराम तिमिल्सेना केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती अध्यक्ष तप्त बहादुर रावत केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सचिव सुरेश बिश्वकर्मा केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सहसचिव तुलाराम बिश्वकर्मा लगायत राज्य समिती नगर समिती यरीया समितीका नेता कार्यकर्ता समेतको सहभागीता रहेको थियो!!!

You must be logged in to post a comment.