Climate

कञ्चनपुर र कैलालीका नदीमा पानीको बहाव उच्च , सतर्कता अपनाउन आग्रह

बिज्ञापन

काठमाडौं : कञ्चनपुर र कैलालीको केही नदी क्षेत्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कञ्चनपुरको दोदा/मछेली नदी, पूर्व पश्चिम राजमार्ग जल मापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेकोले छ। 

बिज्ञापन

यसैगरी कैलालीको खुटिया खोला मुडीभर जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र खतरा तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ। 

यी नदी तटीय क्षेत्र आसपासमा रहने स्थानीयलाई आज रातिसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ। 

बिज्ञापन