बाढी पीडितहरु घर फर्कन थाले
महेन्द्रनगर । लगातार चार दिनसम्म परेको अविरल वर्षाका आएको बाढीका कारण बिस्तापित बाढी पिडितहरु घर फर्कन थालेका छ्न । बाढीले आक्रान्त दोधारा चाँदनी नगरपालिका, बेलडाडी गाउपालिका र लालझाडी गाउपालिकाका पीडित घर फर्किन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार मंगलबार दुई हजार मानिस घर फर्किसकेका छन् भने दुई हजार पाँच सय ७४ मानिस अझै सुरक्षित स्थानमै बसेका छन् ।
घरमा बस्न सक्ने भएका पीडित फर्किने र नसकिने अवस्था भएका पीडित अझै आश्रय स्थलमै बस्न सक्ने जिल्ला प्रशासन कायालय कञ्चनपुरले जनाएको छ । नदीखोलाको बाढी घरमा पसेका पीडित मंगलबार बिहानैदेखि घर फर्किन थालेका हुन् । महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको छ । बाढी तथा घर डुबानमा परेका पीडितहरू विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए ।
महाकाली नदी र जगबुडा नदीको पानीको सतह घटे संगै बस्तीको अवस्था केही सामान्य भएको हुदा दोधारा चाँदनी नगरपालिका– ६, ७, ८, ९ र १० मा बसोबास गर्ने बिभिन्न बस्तीबाट बिस्तापित भएका आज बिहानबाट घर फर्किन थालेका छन् । दोधारा चाँदनीको शान्ती टोल, जर्का टोल र पटरा खल्लामा बसोबास गर्ने स्थानियहरुको घर अझै सम्म डुवानमा परेको हुदा घर फर्किने अवस्था नभएको दोधारा चांदनिका प्रमुख किशोर लिम्बुले बताए ।
दोधारा चाँदनी नगरपालिकाका दुई सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाका अनुसार तीन सय ५० बढी बाढी पिडित अझै बिद्यालयको आश्रय लिएर बस्दै आएका छन् ।
दोधारा चाँदनीको जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी, जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, भानु माबिमा ३१ घरधुरी, अम्बिका माबिमा १ सय ९ घरधुरी र कुतियाकवर बस्तीमा रहेको ‘सेफ सेल्टर’ मा ४२ घरधुरी आश्रय लिएर बसेका थिए । मौसममा क्रमिक सुधार भए संग घरहरुमा पानी घटेपछि जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी र अम्बिका माबिमा २० घरधुरी आश्रय लिएर हाल सम्म बस्दै आएका छन् ।
दोधारा चाँदनीको वडा नं. ३ पटरा खल्ला, वडा नं. ८ जर्का टोल र वडा नं. १० शान्ती टोलमा बाढीको पानीले हिल्याम्म भएका हुदा घर फर्किन अवस्था नरहेको स्थानियहरुले बताएका छन् । बाढीको कारण सडक सञ्जाल अबरुद्ध बनाएको हुदा तिनै तहका सरकारले सडक सञ्जाल सुचारु गर्न पहल थाल्नु पर्ने बताउनुभएको छ् । उहाँ अनुसार बाढीले नगर क्षेत्रमा लाखौं रकम बराबरको भौतिक संरचना ध्वस्त बनाएको बताउनुभएको छ् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीबाट भएको क्षतीको बिबरण संकलन कार्यलाई तदारुकताका साथ अघि बढाएको नगरपालिका कार्यालयले जनाएको छ् । यता सदरमुकाम महेन्द्रनगरमा आकासे पानीले बितन्डा माच्चाए पछि सदरमुकाम महेन्द्रनगर संगै जोडिएको भिमदत्त नगरपालिका १८ कटानमा रहेको सुकुम्बासी बस्ती पुरै डुबानमा परेको थियो ।
बस्ती भरी पानी पसेपछी उत्त क्षेत्रका बाढी पीडितहरुलाइ भीमदत्त नगरपालिकाको वडा नम्बर १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिइरहेको भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले बताए ।
यस्तै जिल्लाको दक्षिणी भेगमा पर्ने चौधर नदी महाकाली सिँचाइको नहर बाँध भत्काएर बेलडाँडी गाउँपालिका– ५ इमलियाबाट गाउँमा पसेको थियो । चौधर नदीको बाढीबाट विस्थापित भएका पीडितहरू क्रमिक रूपमा घर फर्किन थालेका छन् । बेलडाँडी इमलियामा पानी कम भएपछि फर्किन थालेको ईलाका प्रहरी कार्यालय बेल्डाडीले जनाएको छ ।
बाढीले आक्रान्त बनेका बेलडाडीका स्थानीयमा अझै पनि त्रास कायम नै छ । असोजसम्मै वर्षातको कहर रहने हुनाले चौधर नदीमा तटबन्ध निर्माण नगर्दासम्म त्रासमै बस्नु पर्ने बेलडाडी ३ का वडा अध्यक्ष दुर्गा चौधरीले बताए ।
बाढीले भत्काएको नहर तत्काल बन्न समस्या रहेको महाकाली सिचाइ जल उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले बताए । नहर भत्केको ठाउँबाट नदीको पानी बगिरहेकोले अवस्थामा तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको बताए । नहर मर्मत गर्न पहिले नदीको पानीलाई डाइभर्ट गर्नु बताए । पानीको सतह घट्दोक्रमा छ । छिट्टै तार जाली लाएर नदी डाइभर्ट गरेर मर्मततर्फ लाग्ने उनले बताए ।
चौधर नदीले महाकाली सिँचाइको नहर भत्काएर गाउँ पस्दा करिव ५० बटा भन्दा धेरै घर र गोठ भत्काइदिएको र सयौँको संख्यामा बाख्रा, पशुधनतर्फ क्षति भएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले बताए । चौधर नदीले बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका बस्ती डुबानमा पारेको छ । बेलडाँडी गाँउपालिकाको इमलिया, झिलमिला, वैवाह, खैरिघाटका करिव १४ सय घर डुबानमा परेको पालिका प्रमुख रानाले बताए ।
अहिले पनि अधिकांश घरमा पानी छ । बाटोमा पानी भरिएकाले आवतजावत गर्न समस्या भएको छ । पानीको सतह घटेपछि क्षतिको यकिन तथ्याङ्क आउने र क्षति भएका सबै संरचनाको विवरण संकलन गरेर पुनर्निर्माण गरिने पालिका प्रमुख रानाले बताए ।
यस्तै चौधर नदिको बाढीले बेलौरी नगरपालिकाको वडा नम्बर १० भुडा, शिवनगर, सडकघाट गरि सात सय घर डुबानमा परेका छ्न । यस्तै वडा नम्बर ८ कलकत्तामा रहेको कानिखल्ला पुर्णरुपमा भरिएर बस्ती पसेको छ । नगरपालिकाको वडा नम्बर ९ पनि बाढिको सिकार बनेको छ ।
कञ्चनपुर जिल्लामा बाढीमा परी तीन किशोरी र एक सात महिने शिशुसहित चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।