सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनको बैठक १ मिनेटमै सकियो

धनगढी । प्रदेश प्रमुखको पत्र सुनाउँदै सुदूरपश्चिम प्रदेश सभाको मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको बताएका हुन् । उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।

बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए । केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीको सरकार अल्पमतमा परेको छ ।
तत्कालीन आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ गते चालू आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा सार्वजनिक गरेका थिए । एमालेका पाल जेठ २८ गते मात्र आर्थिक मामिलामन्त्री नियुक्त भएका थिए । तर बजेट पारित हुन नसक्दा सुदूरपश्चिम सरकारले राजस्व उठाउन र खर्च गर्न पाएको छैन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रदेश सभाबाट पारित हुन नसक्दा बजेट होलिडे भएको हो । मन्त्रिपरिषद्को असार ३० गतको बैठकले चालू अधिवेशन सोही दिनदेखि अन्त्य गर्ने निर्णय गर्दै अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
त्यसअघि सभामुख भीमबहादुर भण्डारीले असार २८ गते सर्वदलीय बैठक राखेर बजेटका विषयमा निष्कर्ष निकाल्न प्रयास गरेका थिए । तर, कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले साथ नदिँदा प्रदेश सभाबाट छलफल गराएर बजेट पारित गर्ने ढोका बन्द भएको थियो । त्यसपछि सदन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने विकल्पको बाधक प्रदेश प्रमुख भएको सरकारले जनाएको छ ।