Uncategorized

टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ

बिज्ञापन

टीकापुर । कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय  यमबहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

बिज्ञापन

सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।