फेरि पनि देशमा आगो बल्छः प्रकाण्ड
कालिकोट । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी देशमा आगो बल्ने नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । आफ्नो गृह जिल्लाको भ्रमणका क्र्ममा सदरमुकाम मान्ममा पत्रकारसँग भेटघाट कार्यक्रमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
यो व्यवस्ता ल्याउन नेपाली जनताले हजारौको संख्यामा ज्यान गुमाउन परेको थियो । क्रन्तीको उपज यो व्यवस्था पल्टाउन मनपरी तवरमा आफ्नो पार्टीलाई पर राखेर संविधान ंसंसोधन गर्न खाजे फेरीपनी देशमा आगो बल्ने चेतावनी दिएका छन । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी पुरानै अवस्थामा जनता जान सक्ने समेत चेतवानी दिए ।
यो व्यवस्था ल्याउन नेकपा माओवादीको सवैभन्दा ठुलो बलिदानी रहेकाले संविधान आफुखुशी संसोधन गरिए सशक्त पितिकारमा उत्तिने चेतावनी छ ।
साथै उनले प्रचण्ड नेतृत्वको गठबन्दन सरकार भत्किनु भनेको देश ब्रवादी तर्फ जानु सरह रहेको नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । देशका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु मिलेर सुशसान र बिकासका लागी बनाएको गठबन्दन भत्काएर दक्षिणपन्तीहरु संगको गठबन्दन जनमैत्री नरेहको दावी गरे ।
एक हिसावले देशका दुई ठुला पार्टी मिलेर सरकार बनाउनु लोकतन्त्र कमजोर पार्ने खेल भएको समेत आरोप लगाए । स्वर्थ गठबन्दन बनाउन संविधान संसोधनको नारा लगाएर सरकार बनाएको हो यस सरकारको प्रतिक्षामा रहेको समेत बताए । उनले देश अहिले जनताको चाहाना अनुसार गएको देखिदैन अवआम जनताले गम्भीरताका साथ सोच्नु पर्ने स्थिति आएको छ ।
बिगतका परिवर्तन गरियो त्यो पुर्ण देखिएको छैन जुन हरेक क्रन्तिमा बढि कष्ठ र बलिदान गरेका जनताको मनोभावना अनुसार काम भएको छैन । यसले गर्दा देश कष्टपुर्ण यात्रामा छ । यसले गर्दा बिदेशिले रजाई गरिरहेको साथै नेपाली जनताको स्वाभिमान गुमिरहेको छ । राष्ट्रिय र स्वनधिनताको मुद्दामा अमेरिकि साम्राज्यवादले षोषण गरिरहेको छ । आफ्नो देशको स्वाधीनता कसरि बचाउने चिन्ता छ ।
अहिले को बिश्वमा राष्ट्रको स्वाधीनता स्व ईछले चलाउन पाउनु पर्छ यहि राष्ट्रिय र स्वाधीनता कै लागि हरेक क्रान्ति गरिएको हो ।अहिले गुम्ने खतरा देखियो ।सशस्त्र दन्दमा कालिकोटै नेतृत्व गरेर यो परिवर्तन आएको हो उपलब्धिको हिस्यदार पनि जिल्ला हो ।
कालिकोटलाई परम्परागत दृष्टिकोण अहिलेसम्म गएको छैन ।उपलब्धि ङट्दै गएको छ । जुन पुराना र नयाँ मान्छे मिलेर देश बरवादी गर्न खोजे प्रचण्ड नेतृत्वको गठबन्धन सरकार भत्किनु गलत थियो । बिद्यार्थी भिसामा नेपालका युवा बिदेशिन बाध्य भए सरकार भष्ट्रचार र दलाल संगको संगतले देशको राष्ट्रिय पुजिको सखाप भयो ।
भेटघाट कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य यौदा, नेता विवेक कुमाल, बलवन विश्वकर्मा, युवा संगठनका केन्द्रिय सदस्य दिनेस बिक लगायतका नेताहरु उपस्थित थिए ।