राष्ट्रिय समाचार

सिमलताल दुर्घटनाः त्रिशूलीमा बेपत्ता बस खोज्दा हरायो १९ किलोको चुम्बक

बिज्ञापन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजीमा भारतबाट आएको नेसनल डिजास्टर रेस्पोन्स फोर्स र नेपाली टोलीले संयुक्त रूपमा खोजी जारी राखेको छ । घटनाको १५ दिन बित्दा पनि शनिबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन् । दुईवटा बसमा सवार ६५ जनामध्ये तीन यात्रु पौडिएर ज्यान जोगाउन सफल भएका थिए । हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न भने सकेको छैन ।

बस खोजीका लागि भारतीय टोलीले ल्याएका दुईवटा चुम्बकमध्ये शनिबार १९ किलोको चुम्बक हराएको स्रोतले जनायो । नेपाली सुरक्षाकर्मीको उद्धार टोलीसँग संयुक्त रूपमा खोजीमा जुटेको भारतीय टोलीले बस खोजीका लागि १९ किलो र १४ किलोका चुम्बक ल्याएको थियो । १९ किलोको चुम्बक पानीमा हराएपछि भारतीय टोलीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेन ।

बिज्ञापन

१५ दिनअघि चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजी गर्दै आइरहेको छ । शनिबार मध्याह्नदेखि खोजी कार्य थालेको थियो । चुम्बकसँगै लाइफ ब्वाई ट्युबसमेत पानीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्धारका लागि प्रयोग गरिन्छ ।

नेपाली सुरक्षा निकाय खोजी कार्यमा संलग्न भइरहेकै बेला गत आइतबारदेखि भारतको एनडीआरएफका १२ जना प्राविधिकले पनि खोजी गर्दै आइरहेका छन् । चार जना गोताखोरसहित आएको भारतीय टोलीले यसअघि सोनारबाट खोजी गरिरहेकामा शनिबारदेखि चुम्बक प्रयोग गरेर खोजी थालेको हो । बस खोजी सुरु भएको शनिबार १५ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि हराइरहेका बस र ४३ जना यात्रु’bout कुनै जानकारी पत्ता लाग्न सकेको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिएको छ । हराइरहेका बस पछिल्ला दिनमा ठूलो चुम्बक (म्याग्नेट)को सहायताले खोजी गरिएको थियो । त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा -याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी कार्य भइरहेको छ । प्रशासनले खोजी तथा उद्धारका लागि सबैखालका प्रयासलाई जारी राखेको जनाएको छ । सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेको सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय, कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, -याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्कोप कायकको पनि प्रयोग भइरहेको छ ।

बिज्ञापन