कैलालीमा हैजाको सङ्क्रमण पुष्टि हुनेको संख्या ४ पुग्यो
धनगढी । कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए ।
दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले जानकारी दिए ।