प्रवास

प्रवासी नेपाली संघ भारत पुदुचेरी, तमिलनाडुद्वारा तीज कार्यक्रम सम्पन्न

बिज्ञापन

तमिलनाडु, ३ सेप्टेम्बर । प्रवासी नेपाली संघ भारत पुदुचेरी, तमिलनाडुद्वारा तीज कार्यक्रम सम्पन्न भएको छ ।


प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समिति अन्तर्गत प्रगतिशील माहिला बिभागले गत ०१÷०९÷२०२४ आइतबारका दिन चेन्नईको ख्ष्ििष्खबपपबm कमकोडी तिरूमन मलिगाइ हलमा भव्यतापूर्वक बृहत तीज कर्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन बिभागकि सचिव मीना गौतमले गर्नुभएको थियो भने सह–सञ्चालक विभागीय सदस्य कोपिला बराल हुनुहुन्थ्यो ।

बिज्ञापन


उक्त अवसरमा विभागिय अध्यक्ष पदमा के.सी.ले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सह–सचिव प्रमुख अतिथि हुनुहुन्थ्यो र बिशिष्ट अतिथिमा केन्द्रिय सचिवालय सदस्य सीमा निउरे अतिथिहरु राज्य अध्यक्ष महेन्द्र शर्मा, केन्द्रिय सल्लाहकार परिषद सदस्य लीला पौडेल, राज्य समिति का सदस्यहरू र मित्र संगठन अखिल भारत नेपाली एकता समाजबाट केन्द्रिय महा सचिव महेन्द्र बस्याल , केन्द्रिय सदस्य दुर्गा सुवेदी र नेपाल जनसम्पर्क समितीबाट माहिला बिभाग सचिव सुशीला गौतम उपस्थीत हुनु भएको थियो । कार्यक्रममा ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनट मौन धारणगरी नेपाली राष्ट्रिय गानबाट शुरुगरिएको थियो । स्वागत मन्तब्य विभागकी सदस्य सुनिता शर्माले दिनुभएको थियो । कार्यक्रममा तीजको महत्व के हो भन्ने बिषयमा राज्य अध्यक्ष महेन्द्र शर्माले सम्बोधन गर्नु भएको थियो । मित्र संगठनबाट आउनुभएका अतिथिहरुले पनि अहिले भएको विकृती लाई हटाएर संस्कृति जोगाउनु पर्ने भन्दै आफ्ना विचारहरू राख्नु भएको थियो ।


विशिष्ट अतिथि केन्द्रिय सचिवालय सदस्य सीमा निउरेले प्रवासमा रहेका दिदी बहिनीहरुको लागि हाम्रो संगठन सधैं माइती बनेर यसरी नै सम्झने छ भन्दै माहिला सशक्तिकरणको बारेमा संबोधन गर्दै नाच्ने गाउनेमा मात्र नभएर माहिलाहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताउनु भयो । समोधन कै क्रममा कार्यक्रम प्रमुख अतिथि कृष्ण पोख्रेलले तीज सम्बन्धी जोडिएको धार्मिक परम्परा का बिषयलाई पनि प्रष्ट्यणउनु भएको थियो भने माहिला हक अधिकारको विषयमा महत्पूर्ण विषयहरूमा जानकारी दिँदै तीजको शुभकामना दिनुभएको थियो । कार्यक्रमको बीच– बीचमा मिर्मिरे संस्कृतिका कलाकारहरूको नृत्यले सुनमा सुगन्ध थपिएको थियो ।

बिज्ञापन


शुभकामना आदान प्रदान पछि सबै चेलीबेटीहरु बसेर मौलिक भाकामा तीजको गीत गाएर नाचेर अतिनै सव्य तरिकाले कार्यक्रमलाई रोचक बनाइएका थिए । संघका पुरुष साथीहरुले स्वयम सेवकको भुमिका निभाएर बिशेष सहयोग पु¥याउनु भएको थियो । अन्तिममा विभागकी अध्यक्ष पदमा के.सी.ले सम्पूर्ण उपस्थिति दिदीबहिनी, दाजुभाईहरुलाई धन्यवादका साथै तीजको शुभकामना दिँदै फेरि भेट हुने बाचाका साथ कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

बिज्ञापन